सूर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण अभियानको नेपालगञ्जमा सुरुवात

सदरलाइन संवाददाता ४ बैशाख २०८१, मंगलवार १९:०२
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले आफुले सूर्तीजन्य पदार्थको सेवा आजदेखि नगर्ने घोषणासहित सूर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण अभियानको उपमहानगरमा सुरुवात गरेका छन् ।

उनले भने–‘ मैले आजका दिनदेखि सुर्तीजन्य पदार्थको सेवन नगर्ने प्रतिबद्धता जनाउछु ।’ उनले नयाँवर्ष २०८१ को प्रारम्भसंगै धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियान कै रुपमा अगाडि बढाउदै पहिलो चरणमा सचेतना प्रबद्र्धन र कानुनी प्रावधान बारे सचेत बनाउने गरी नेपालगञ्ज उपमहानगरपालिका अगाडि बढेको नगरप्रमुख विष्टले जानकारी दिए ।

उनले धुम्रपान तथा सुर्तीजन्य पदार्थको कानुन सम्मत विक्रि वितरण, सार्वजनिक ठाउँहरुमा पूर्णरुपमा सेवन निषेध तथा आमरुपमा सेवन दर घटाउने उद्देश्यका साथ अभियान थालिएको बताए ।

धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले निम्त्याउने स्वास्थ्य जटिलता, पारिवारिक तनाव र सामाजिक व्यवहारको असरलाई जनमानसमा सञ्चार गर्दै स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउने नगर प्रमुख विष्टको भनाई छ ।

सचेतना प्रबद्र्धनको अभियानसंगै दण्ड, जरिवाना र कारबाहीको प्रक्रियालाई पनि अगाडि बढाउने नीति नेपालगञ्ज उपमहानगरपालिकाले लिएको स्वास्थ्य महाशाखाप्रमुख रामबहादुर चन्दले बताए ।


उनले सार्वजनिक ठाउँ, निकाय र पसलहरुमा नियमन गर्ने बताउँदै पालना नगरेको पाइए सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियम नगर्ने) ऐन २०६८ बमोजिम कारवाही गरिने स्पष्ट पारे ।

धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमन तथा सचेतना मूलक प्रभातफेरी गरिएको हो । भेरी अस्पतालबाट सुरु भएको प्रभातफेरी त्रिभुवन चोकमा पुगेर समापन भएको थियो ।

नेपालगञ्ज जेशिसको सहकार्यमा सम्पन्न प्रभातफेरीमा नगर प्रमुख विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्की, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्कालगायतको पनि उपस्थिति थियो ।

धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले मुटु रोग, क्यान्सर जस्ता खतरनाक रोगहरुको जोखिम बढाइरहेको छ । एक अध्ययन अनुसार कुल मृत्युको १५ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । २९.९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चैतेदशैमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा दजनौले जिब्रो छेडेर गरे दर्शन (फोटोफिचर )

४ बैशाख २०८१, मंगलवार १९:०२
  हिन्दू धर्मावलम्बीहरुको चैतेदशै अर्थात रामनवमीको दिनमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेड्ेर देबीको दर्शन गर्ने परम्परा चलिआएको छ । चैते दशै सुरु हुने परेवाको दिनदेखि नै निराहर ब्रत बसेको पुरुषले आफ्नो भाकल पुरा गराउन वा भाकेको कुरा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर दर्शन […]