मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, ५ वटा शव फेला

सदरलाइन संवाददाता २६ असार २०८०, मंगलवार १२:५८
 

नेपालगञ्ज : मंगलवार बिहान सोलुखुम्बुबाट काठमाण्डौ उडेको केहीबेरमै सम्पर्कविहिन बनेको (एनए–एमभी) कलसाइनको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

हेलिकप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


खोजी कार्यमा गएको प्रहरी टोलीले अहिलेसम्म ५ वटा शब फेला पारेको छ । प्रहरीका अनुसार उनीहरुको पहिचान भएको छैन । हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु सवार रहेकोमा अर्का एक जना अझै फेला नपरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उद्धार कार्य गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा एक पूर्व प्रहरी मृत भेटिए

२६ असार २०८०, मंगलवार १२:५८
कोहलपुर (बाँके) : कोहलपुरमा एक जना पूर्व नेपाल प्रहरी मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ६०–६५ वर्षका पुरूष सोमबार साँझ कोहलपुर बसपार्क नजिकै सडक छेउँमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । कोहलपुर प्रहरीका अनुसार मृतक कोहलपुर किरण नालाका बीर बहादुर बुढा रहेको प्रहरीलाई […]

सम्बन्धित