छात्रालाई सेनेटरी प्याड वितरण

१५ आश्विन २०७५, सोमबार १५:५१
 

सदरलाइनडटकम,
अछाम : छाउपडी प्रथा न्यूनीकरण गर्नुका साथै छात्रालाई विद्यालयमा नियमित गराउनका लागि अछाममा सेनेटरी प्याड वितरण गरिएको छ । चौरपाटी गाउँपालिकाका २ स्थित वैजनाथ माध्यमिक विद्यालय र सिउडी माध्यमिक विद्यालयमा अध्ययनरत दुईसय छात्रालाई चौपाटी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजु गुरुङको व्यक्तिगत पहलमा प्याड वितरण गरिएको हो ।
छाउपडीका कारण कतिपय महिला तथा किशोरीको अकालमै ज्यान गुमाएकाले स्वास्थ्यकर्मीको पहलमा प्याड वितरण गरिएको उनले बताए । विद्यार्थीलाई सुरक्षित राख्नुका सार्थ पढाइमा बाधा नहोस् भन्ने उद्देश्यले प्याड वितरण गरिएको हो ।
महिनावारी हँुदा छात्राहरु विद्यालय नआउने र पढाइमा समेत समस्या भइरहेकोले आफूले व्यक्तिगत रुपमा सेनेटरी प्याड उपलब्ध गराएको डा. गुरुङले बताए । विद्यालयमा सेनेटरी प्याड वितरण गर्दै चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले छाउपडी कुप्रथालाई अन्त्य गर्न सबै लाग्नुपर्ने बेला आएको जिकिर गरे ।

Next Post

यू–१९ एशिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरियो

१५ आश्विन २०७५, सोमबार १५:५१
सदरलाइनडटकम, काठमाण्डौ : नेपाल एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । समूह ए को आफ्नो दोस्रो खेलमा अफगानिस्तानसँग ३ विकेटले पराजित भएसँगै समूहको एक खेलअगावै नेपालको सेमिफाइनल यात्रा समाप्त भएको हो । बंगलादेशको साभरमा रहेको मैदानमा नेपालले दिएको १३२ रनको लक्ष्य अफगानिस्तानले ३७.३ ओभरमा ७ विकेट गुमाएर पूरा […]