बाँकेमा बिहीवार १७२ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १३ माघ २०७८, बिहीबार १६:४९
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप एक सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ८२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ३२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ९२ जनाको नमुना जाँच गर्दा ५९, मेडिकल कलेज कोहलपुरमा ६३ जनाको नमुना जाँच गर्दा ५६ र बागेश्वरी ल्यावमा २७ नमुना जाँच गर्दा १७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमणपुष्टि भएकामध्ये बाँकेका १ सय २९ जना छन् । यस्तै बिहीवार ७७ जना डिस्चार्ज भएका छन् ।


यसैगरी बाँकेको कोहलपुरमा बिहीवार एकै दिन ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोहलपुर नगरपालिकाले पालिका कार्यालयमा शुरु गरेको ५३ जनाको एन्टिजेन परीक्षणमा ४० जनामा भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर खड्काले जानकारी दिए । उनका अनुसार संक्रमित सबै कोहलपुर क्षेत्रका हुन् । अधिकांशमा लक्षण चिन्ह देखिएको छ ।

भाइरस संक्रमणको जोखिम बढेसँगै नगरपालिकाले सातामा दुई दिन सोमवार र विहीबार लक्षण चिन्ह देखिएका र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कोरोना जाँच गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हटेन नेपालगञ्ज–कोहलपुर सडकको अतिक्रमित संरचना

१३ माघ २०७८, बिहीबार १६:४९
नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडक क्षेत्रको अतिक्रमित संरचना हटाउने प्रक्रिया अघि बढ्न सकेको छैन् । डिभिजन सडक कार्यालय नेपालगन्जले पुष मसान्तसम्म स्वस्फुर्तमा अतिक्रमित संरचना हटाउन अल्टिमेटम दिएको थियो । उक्त अवधिभित्र अतिक्रमण नहटाएमा कार्यालयलेनै हटाउने चेतावनी दिएको थियो । तर उक्त अल्टिमेटमको दुई साता पुग्दा समेत कार्यान्वयन हुन सकेको छैन् । […]