कोहलपुरमा एक पूर्व प्रहरी मृत भेटिए

सदरलाइन संवाददाता २६ असार २०८०, मंगलवार १३:०५
 

कोहलपुर (बाँके) : कोहलपुरमा एक जना पूर्व नेपाल प्रहरी मृत अवस्थामा फेला परेका छन् ।

अन्दाजी ६०–६५ वर्षका पुरूष सोमबार साँझ कोहलपुर बसपार्क नजिकै सडक छेउँमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

कोहलपुर प्रहरीका अनुसार मृतक कोहलपुर किरण नालाका बीर बहादुर बुढा रहेको प्रहरीलाई स्थानीयहरुले बताएका छन् ।


बुढा पूर्व नेपाल प्रहरी रहेकोले सोमबार पेन्सन बुझ्न कोहलपुर आएर फर्किदै गर्दा साँझ साढे ५ बजे मृत फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाएको जनाएको छ ।

प्रहरीले घटना बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्माण भएपनि सञ्चालनमा आएन क्षेत्रीय कारागार

२६ असार २०८०, मंगलवार १३:०५
नेपालगञ्ज : एक वर्षअघि निर्माण पूरा भएको क्षेत्रीय कारगार अझै सञ्चालनमा आएको छैन । बाँकेको नेपालगञ्जस्थित जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी कोचाकोच हुँदा समेत यो कारागार सञ्चालनमा आउन सकेको छैन । करिब छ दशकअघि निर्माण भएको जीर्ण बाँके कारगारमा तीन सय जना कैदी बन्दीको क्षमता भएपनि हाल त्यहाँ तेब्बर […]