निर्वाचनमा भाग लिँदा मधेशी मोर्चालाई नै फाईदा हुन्छ : खड्का

११ चैत्र २०७३, शुक्रबार १८:१२
 

‘मतदान केन्द्रमै मतगणना गर्न सकिन्छ,

तर सुरक्षाको दृष्टिकोणले चूनौतिपुर्ण छ’ : नेताहरु

सदरलाइनडटकम 
११ चैत, काठमाडौ  :  प्रमुख दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले निर्वाचनमा भाग लिए मधेशी मोर्चालाई नै फाईदा हुने स्पष्ट पारेका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले भने,‘अहिले स्थानीय तहको निर्वाचनमा भाग लिए मधेशी मोर्चालाई नै फाईदा हुन्छ, यो फाईदा उठाउनको लागि पनि उहाँहरु चुनावमा जानुपर्छ।’
मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विगतमा दुई ध्रुवमा भएपनि अहिले एकै ठाउँमा आईरहेको उल्लेख गर्दै खड.काले भने,‘हिजो सम्वादहिनताको अवस्थामा रहेका मधेशी मोर्चा र एमाले आज करिब करिब सम्वादको नजिक हुनुहुन्छ, यस्तो बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजी चीन भ्रमणमा जानुहुँदैन्थ्यो, उहाँको सट्टा अरु कोही प्रतिनिधिलाई पठाएर नेपालमा विद्यमान रहेको राजनीतिक गाँठो फुकाउने काम गर्नुपर्दथ्यो।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता खड्काले स्थानीय तहको निर्वाचन हुनेमा कसैलेपनि शंका गर्न नहुने बताए। उनले भने,‘अब निर्वाचन हुँदैन कि भनेर कसैलेपनि शंका गर्नुहुँदैन, निर्वाचन तोकिएकै मितिमा हुन्छ, तर निर्वाचन कम चूनौति र बढि मौका र अवसर हो, यसलाई सबै राजनीतिक दलहरुले उपयोग गर्नुपर्छ।’
उनले मधेशी मोर्चालेपनि निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिए। स्थानीय तहको निर्वाचन लामो समयपछि हुन गैरहेकोले सबै दलहरुले निर्वाचनमा उत्सापूर्वक भाग लिनुपर्ने बताउँदै उनले भने,‘अब हुन गैरहेको स्थानीय तहको निर्वाचन विश्वकै पहिलो अनुपम प्रयास हो।’ विश्वमा अरु निर्वाचनहरु पहिले केन्द्रको, त्यसपछि प्रदेश र स्थानीय तहको हुने उदाहरण पेश गर्दै खड्काले नेपालमा पहिलो चुनाव नै स्थानीय तहको हुन गैरहेकोले यो अनुपम र उदार जनपक्षीय हुने दाबी गरे।
उनले भने,‘यसरी निर्वाचन हुँदा केन्द्रले प्रदेश र प्रदेशले स्थानीय सरकारलाई हस्तक्षेप गर्न सक्दैन्, त्यसैलेपनि यो अनुपम हुनेछ।’ निर्वाचनमा भाग लिँदा नै मधेश र मधेशी जनताको जीत हुने उनको भनाई थियो।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुँदैन कि भनेर कसैको मनमा शंका भए त्यसलाई आजैको मितिबाट हटाउनको लागि आग्रह गरे।
सापकोटाले कानूनी, प्राविधिक तथा व्यवस्थापकीय हिसाबले निर्वाचनको तयारी भैरहेकोले अब मुलुक निर्वाचनको बाटोमा अघि बढिसकेको स्पष्ट पारे। उनले भने,‘निर्वाचन हुन्छ, तोकिएकै मितिमा हुन्छ, यसको लागि आवश्यक सबै प्रक्रियाहरु सुरु भैसकेका छन्, सरकार पूर्ण प्रतिबद्ध छ, निर्वाचन आयोगलाई जस्तोसुकै सहयोग गर्नपनि तयार छ।’
उनले मधेशी मोर्चापनि चुनाव जाने कुरामा आफू विश्वस्त रहेको बताउँदै भने,‘मोर्चापनि चुनावमा जाने तयारीमा छ, उसले आधिकारिक निर्णय गर्न मात्रै बाँकी छ, मधेशमा केही अतिवादीहरुले निर्वाचनलाई भाँड्न खोजिरहेका छन्। भयवित वातावरण सिर्जना गर्न खोजिरहेका छन्, यसमा मोर्चा नै सर्तक हुनुपर्छ।’
सापकोटाले मधेशी मोर्चाको पछिल्ला कदमहरु निर्वाचन र संशोधन सँगसँगै होस भन्ने उद्देश्यले अभिप्रेरित रहेको स्पष्ट पारे।
त्यस्तै मधेशी मोर्चाका शीर्ष नेता रामनरेश राय यादवले पहिले स्थानीय तहको निर्वाचन घोषणा गरेर सरकारले गलत गरेको टिप्पणी गर्दै पहिले केन्द्रको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले निर्वाचनको मिति तत्काल सार्नुपर्ने माँग गरे।
उनले सुरुदेखि नै आफुहरू केन्द्रको निर्वाचनको पक्षमा रहेको बताउँदै आजका दिसम्म पनि मोर्चाभित्र केन्द्रकै निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट धारणा रहेको बताए। उनले भने,‘स्थानीय तहको निर्वाचन गर्नु भनेको उल्टो गंगा बगेको जस्तो हो, यसलाई सुल्टो बनाउनुपर्छ।’
उनले भने,‘मोर्चा अहिले पनि केन्द्रको निर्वाचनको पक्षमा छ, स्थानीय तहको निर्वाचन प्रदेश सभाले गर्नुपर्छ भन्नेमा हामी अडिक छौँ।’ उनले स्थानीय तहको निर्वाचन गर्न खोजेर सरकारले संघीयतालाई नै समाप्त पार्न खोजिरहेको आरोप लगाए।
स्थानीय तह पुर्नरसंरचना आयोगको प्रतिवेदन नै अवैज्ञानिक र अव्यवहारिक रहेको आरोप लगाउँदै यादवले आयोगको प्रतिवेदनले सिँगो मधेशलाई उपेक्षा गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मतदाता शिक्षाको लागि दुईदिने क्षेत्रीय प्रशिक्षक प्रशिक्षण नेपालगन्जमा सुरु

११ चैत्र २०७३, शुक्रबार १८:१२
सदरलाइनडटकम      १२ चैत, नेपालगन्ज : स्थानीयय तहको निर्वाचनमा मतको बदरसंख्या न्यूनिकरण गर्ने र मतदाताको सहभागिता बढाउने उदेश्यले निर्वाचन आयोगले दुई दिने क्षेत्रीय प्रशिक्षक प्रशिक्षण नेपालगन्जमा सुरु गरेको छ । स्थानीय तह निर्वाचन–२०७४ मा सहभागि हुने मतदाताका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने लक्षका साथ सुरु गरिएको दुईदिने क्षेत्रीय प्रशिक्षक […]

सम्बन्धित