प्रकाश मानवअधिकार पुरस्कार–२०७२, नेपालगन्जका मौलाना अब्दुल जब्बार साफी (मञ्जरी) लाई

१३ श्रावण २०७३, बिहीबार १४:३२
 

Maulana copyसदरलाइनडटकम,
१३ साउन, काठमाडौँ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २२ औँ प्रकाश मानव अधिकार पुरस्कारबाट नेपालगन्जका मौलाना अब्दुल जब्बार साफी (मञ्जरी) लाई सम्मान गर्ने निर्णय गरेको छ ।
इन्सेक कार्यसमितिका महासचिव रमेशचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा उनलाई सम्मानित गर्ने निर्णय गरिएको इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
बितेका चार दशकदेखि सामाजिक सद्भाव कायम गर्न तथा मानव अधिकार र सामाजिक न्यायका लागि क्रियाशील मौलानालाई ‘प्रकाश मानव अधिकार पुरस्कार–२०७२’बाट सम्मानका लागि सिफारिश गरेको थियो ।
इन्सेकका पाँचै क्षेत्रीय कार्यालयबाट सिफारिश भएका नामहरूमध्येबाट संयोजक पौडेल, सदस्यद्वय निलमशेखर अधिकारी र ईन्दिरा श्रेष्ठ सम्मिलित तीन सदस्यीय पुरस्कार सिफारिश समितिले अन्तिम निर्णय गरेको विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले नेपालगन्जमा साउन १६ गते एक समारोहका बीच मौलानालाई सम्मान गरिने कार्यक्रम तय गरीएको इन्सेकले जनाएको छ ।
इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित ‘प्रकाश मानव अधिकार पुरस्कार’बाट यसअघि २१ जना सम्मानित भइसकेका छन् । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार रुपियाँ प्रदान गर्ने गरिएको इन्सेकले जनाएको छ ।
थाई एयरबसको विमान नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते दुर्घटना हुँदा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वाइल्ड लाइफ फोटो प्रदर्शनी शुरु

१३ श्रावण २०७३, बिहीबार १४:३२
सदरलाइनडटकम, १४ साउन नेपालगन्ज : अन्तराष्ट्रिय बाघ दिवशको अवसरमा अन्तराल नेपालगन्जको आयोजनामा नेपालगन्जमा ‘नेपाल वाइल्ड लाइफ एण्ड नेचर’ फोटो प्रदर्शनी शुरु भएको छ ।  प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताले प्रदर्शनीमा राखेको बाघको तस्वीरको फोटो खिचेर प्रदर्शनीको उद्घाटन गरेका थिए । सो अवसरमा बौल्दै उनले यो प्रदर्शनीले वन्यजन्तु संरक्षण अभियानमा महत्वपूर्ण […]