महिला दिवसमा नेपालगन्ज उप–महानगरपालिकाद्वारा जेष्ठ महिलालाई सम्मान

२४ फाल्गुन २०७४, बिहीबार १९:२०
 

सदरलाइनडटकम
२४ फागुन, नेपालगन्ज : १०८ औं अन्तर्राष्टिय महिला दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले नगरक्षेत्र भित्रका जेष्ठ महिलाहरुलाई सम्मान गरेको छ । उपमहानगरले गरेका विभिन्न कार्यक्रमहरुमध्ये बिहीबार नगरका ८० वर्षमाथिका जेष्ठ महिलालाई दोसल्लासहित सम्मान गरेको हो ।
पहिलो पटक स्थानीय तहमा जनप्रतिनिधि आएको र नागरिकप्रति पालिकाले गर्नुपर्ने दायित्व अन्तर्गत महिलाहरुलाई सम्मान गरेको उपमहानगरपालिकाले जनाएको छ । सम्मानका साथै स्वास्थ्य उपचारसमेत गरेको छ । उप–महानगरपालिकामा आयोजित भव्य समारोहबीच आज एक सय ५० जेष्ठ महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
यसका साथै महिलाहरुलाई छाता पनि सहयोग गरेको छ । उक्त अवसरमा जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्रको सहजीकरणमा एकसय जनाको टोलवीले महिलाहरुलाई स्वास्थ्य जाँचका साथै औषधी समेत वितरण गरेका थिए । कवीराज निरिक्षक अनीरुद्ध्र साह नेतृत्वको ९ जनाको टोलीले दिनभर जेष्ठ महिलाको स्वास्थ्य जाँच, परामर्श तथा उपचार दिएको थियो । ब्लड पे्रसर, सुगर चेकका का साथै वाथ, मुटु रोगको समेत जाँच गर्दै आयुवेर्दिक औषधी दिइएको उवपमहानगरपालिकाले जनाएको छ ।
यस्तै, कविराज निरिक्षक साहका अनुसार विशेषतः जेष्ठ नागरिकका लागि आमलक्की चूर्ण, अश्वगन्धा चूर्ण, नारायण तेल प्रयोग गर्न लगाइएको छ । सम्मान समारोहमा नगर प्रमुख डा. धवल शम्शेर राणाले जेष्ठ नागरिकलाई सम्मानसँगै उनीहरुको अनुभवलाई अनुशरण गर्नुपर्ने बताए । कार्यक्रममा उपप्रमुख उमा थापामगरले परिवार, समाज र राष्ट्रका लागि गरिएको योगदानको सम्मानका रुपमा ग्रहण गर्न आह्वान गर्दै जेष्ठ नागरिकलाई सम्मान गर्ने संस्कृति स्थापीत गर्नुपर्नेमा जोड दिइन् ।
नगरका वडा अध्यक्ष, सदस्य, जेष्ठ नागरिक लगायतको सहभागिता रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकारी हरिकृष्ण ज्ञवाली, वडा अध्यक्षहरुका तर्फबाट वडा न १२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदीे लगायतले महिला अधिकार र समानताका विषयमा बोलेका थिए । उनीहरुले महिलालाई संविधानले समान अधिकार दिएपनि व्यवहारमा लागु हुन नसकेको भन्दै अब नेतृत्व तहबाट नै अधिकार उपभोगलाई सुरुवात गर्नुपर्ने धारणा व्यक्त गरे ।


Next Post

खुला दिसामुक्त अभियान तीब्र पारिदै, नेपालगन्जको वडा नं. १७ खुला दिसामुक्त

२४ फाल्गुन २०७४, बिहीबार १९:२०
सदरलाइनडटकम   २५ फागुन, नेपालगन्ज :  बाँकेलाई  जिल्लालाई  खुला  दिसामुक्त बनाउने अभियान तीव्रताका साथ अगाडि बढाईएको छ । यही वर्षभित्र जिल्लालाई नै खुला दिसामुक्त बनाउने अभियान अन्तर्गत नेपालगन्ज उप–महानगरपालिकाका वडाहरुबाट घोषणा कार्यक्रम सुरु भएको छ । जस अन्तर्गत बिहीबार नेपालगन्ज उप–महानगरपालिका १७ लाई खुला दिसामामुक्त घोषणा गरिएको छ । नगरलाई खुला […]