सदरलाइनडटकम
९ बैशाख, नेपालगञ्ज : बैशाख १ गतेबाट बाँकेमा शुरु भएको आर्थिक गणना कार्य धमाधम भइरहेको छ । गणकहरु फर्म तथा उद्योग प्रतिष्ठानमा पुगेर बिभिन्न बिबरणहरु संकलन गरिरहेका छन् ।
अहिलेसम्म करिव ४५ सय वटा उद्योग, प्रतिष्ठानको बिबरण संकलन गरिसकेको र काम रामेसंग सञ्चालन भइरहेको आर्थिक गणना कार्यालयका प्रमुख पोम नारायण पौडेलले बताए ।
जेष्ठ ३१ गतेसम्म बाँके लगायत देशभर आर्थिक गणना शुरु हुँदैछ । बाँकेमा ७७ जना गणकहरु शनिबारबाटै आर्थिक गणनामा सहभागि भएका
छन् ।
उनका अनुसार गणकहरुलाई प्रशिक्षण दिइसकेपछि पोख्त बनाई उनीहरुलाई गाउँ गाउँ परिचालन गरिएको छ । सबको सहयोगबाट आर्थिक गणना अभियान सफल हुने पौडेलले बताएका छन् । उनका अनुसार आर्थिक गणनाले देशको आर्थिक अवस्थाका बारे जानकारी गराउने र भविष्यका बिषयमा योजना सार्वजनिक गर्न सहयोग गर्ने छ ।
Next Post
लेनिनको फोटो नभएपछि संयुक्त सभामा बबाल
९ बैशाख २०७५, आईतवार १३:००
सम्बन्धित
-
१४ मंसिर २०८०, बिहीबार १३:३९
कोहलपुरमा आगलागीबाट पाँच पसल जलेर नष्ट
-
२९ पुष २०७४, शनिबार १७:०८
मिस्टर एण्ड मिस टिन नेपालगन्जको आयोजना गरिदै माघ १५ देखि अडिशन
-
१७ जेष्ठ २०८१, बिहीबार १९:३७
हराएको छोरा आउने आशामा रहेकी सितानी थारु
-
७ भाद्र २०७७, आईतवार १६:३४
डुडुवा गाउँपालिकासँग सूचना माग
-
२४ भाद्र २०७७, बुधबार १६:०९
बुधवार ५८ जनामा कोरोना संक्रमण पुष्टि
-
१८ भाद्र २०७६, बुधबार १८:५२
कर्णाली शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट शुरु