एनसेल टावरमा विस्फोट गराएको अभियोगमा तीन जना विप्लवका कार्यकर्ता पक्राउ

१४ जेष्ठ २०७५, सोमबार १७:२६
 

सदरलाइनडटकम 
१४ जेठ, नेपालगन्ज : बाँके प्रहरीले एनसेलको टावरमा विस्फोट गराउने कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता प्रहरी निरिक्षक विष्टले गत बैशाख २९ गते राती बाँके खजुरा गाउपालिका वडानं. ८ रनियापुर र वैजानाथ गाउपालिका वडानं. ६ सम्झाना चोकमा रहेको एनसेल कम्पनीको टावरमा आगो लगाई क्षति पु¥याएको अभियोगमा कोहलपुर–११ बाट नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जानकारी दिए ।
उनले सो अभियोगमा जिल्ला दैलेख भैरवी गाउपालिका– ३ भई हाल बाँके कोहलपुर बस्ने वर्ष ३६ को प्रकाश आचार्य, जिल्ला मुगु खत्याड गाउपालिका–६ घर भई हाल बाँके कोहलपुर बस्ने १७ वर्षिय कालिबहादुर परियार र कोहलपुर–११ का ३० वर्षिय तिलक गिरी रहेका छन् ।
प्रहरीका अनुसार आचार्य नेकपा (विप्लप) समुहको नेपाल अखिल भूमीहिन संगठन भेरी कर्णाली संयोजक रहेको, परियार मुगु जिल्ला डिसिएम र गिरी बाँके जिल्ला सदस्य रहेको दाबी गरेको छ ।
प्रहरीले गत बैशाख २१ गते कोहलपुर–१० रामनगरमा रहेको क्याथोलिक चर्च र कोहलपुर–१४ हवलदारपुरमा रहेको कालिका कन्ट्रक्सनमा आगजानी गरेको घटनामा समेत अनुसन्धान भईरहको जनाएको छ ।

Next Post

दुई निर्माण व्यावसायीलाई प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझायो

१४ जेष्ठ २०७५, सोमबार १७:२६
सदरलाइनडटकम   १४ जेठ, नेपालगन्ज  : केन्द्र सरकारका गृहमन्त्रीले टेण्डर लिएर काम नगर्ने निर्माण व्यावसायीलाई नियन्त्रणमा लिन निर्देशन कार्यान्वयन गर्ने बाँके प्रहरीले दुई जना निर्माण व्यावसायीलाई नियन्त्रणमा लिएर जिल्ला प्रशाशन कार्यालय बाँकेमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सह–प्रवक्ता प्रहरी निरिक्षक रणबहादुर विष्टले गृह मन्त्रालयको निर्देशन अनुसार काम गर्ने ठेक्का कबोल […]

सम्बन्धित