जमुनाहा हेल्थ डेस्कका स्वास्थ्यकर्मीनै संक्रमित

सदरलाइन संवाददाता २ माघ २०७८, आईतवार १४:४५
 

नेपालगञ्ज : भारतबाट फर्केका यात्रुको कोरोना जाँचमा जमुनाहा हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन पुगेका छन् । नाकामै कोरोना भाइरसको परीक्षणका लागि खटिएका १७ जना स्वास्थ्यकर्मीमा ९ जना संक्रमित भएका छन् ।

हेल्थ डेस्कमै खटिएका कर्मचारी कोरोना भाइरसबाट संक्रमित हुन थालेपछि नाकामा स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ । नाकाको हेल्थ डेस्कका खटिएका चिरिञ्जवी ज्ञवालीले सेवा प्रदान गर्न समस्या भएको बताए ।

पछिल्लो केही दिनयता नेपालगन्जको जमुनाहा नाकाबाट घर फर्किने नेपालीको संख्या ह्वात्तै बढेको छ । उनीहरु फर्किएसँगै नेपालमा कोरोना संक्रमणको जोखिम समेत बढेको छ । नाकामा पुस १९ गतेदेखि ३० गतेसम्म ३३६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।


जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले हेल्थ डेस्कमा कार्यरत ल्याबका कर्मचारी र पारामेडिक्सलाई कोरोना पुष्टि भएको बताए । संक्रमित सबै जना स्वास्थ्यकर्मीमा सामान्य रुघाखोकी देखिएको छ ।

नाकामा १७ जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । जो दुई सिफ्टमा ड्युटी गर्छन् । मास्क, एम्प्रोन लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी समेत कोरोनाको जोखिम छ । भीड व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यकर्मीलाई नै सकस छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल चोर्ने पक्राउ

२ माघ २०७८, आईतवार १४:४५
नेपालगञ्ज : बाँकेको नेपालगञ्जबाट मोटरसाइकल चोरी गरेर भारत लैजादै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार बिहान करिब पौने ९ नेपालगञ्ज उपमहानगरपालिका १४ गोसाईपुर्वाबाट चोरी गरेर भारत लैजादै गरेको भे २ प ८६९५ होण्डा साईन मोटरसाइकलसहित एक जनालाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको टोलिले नियन्त्रणमा लिएको जनाएको छ […]