वागेश्वरी क्याम्पसमा केक काटेर मनाइयो गुरु पुर्णिमा

सदरलाइन संवाददाता १८ असार २०८०, सोमबार १२:५४
 

कोहलपुर (बाँके) : मध्यपश्चिम विश्वविद्यालयको एकमात्र आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका विद्यार्थीहरुले शिक्षकद्वारा केक कटाएर गुरु पुर्णिमा मनाएका छन् ।

बागेश्वरी बहुमुखी क्याम्पस शिक्षा शास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरुले केक काट्न लगाई प्राध्यापक गुरुहरुको सम्मान गरेका थिए ।

केक काट्दै क्याम्पस प्रमुख दान बहादुरले यो संस्कृतलाई जोगाई राख्न विद्यार्थीहरुलाई धन्यवाद दिएका थिए । गुरु शब्द आफैमा ओजिलो र गर्व गर्न लायक भएकोले गुरु र शिष्यहरुको सम्बन्ध नजिक हुनुपर्नमा सबैको जोड थियो ।


वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा विगतदेखि नै यो परम्परालाई मनाउँदै आएको र गुरुहरु पनि आजको २१औ शताब्दीको गुरु नभइ हिजोको परम्परागत हुनुपर्ने, हरेक गुरुहरुले दिएको शिक्षा तथा सीपलाई शिष्यहरुले अंगिकार गर्नुपर्ने कुराको वकालत गर्दै गुरु पुर्णिमा मनाएको उपप्राध्यापक एकराज शर्माले जानकारी दिए ।

विदेशी संस्कृती भित्रिएकोले यो संस्कार आजभोली हराउँदै गएको बेला यसको निरन्तरता दिनु अनुशासनमा रहेर संस्कारको पालन गर्नु राम्रो भएकोले आयोजक विद्यार्थीलाई समेत धन्यवाद दिए । गुरु पुर्णिामा दिवस शिक्षाशास्त्र संकाय स्नातक तह दोस्रो र चौथो तहमा अध्ययनरत विद्यार्थीले आयोजना गरेका थिए ।

गुरु पुर्णिमा हिन्दू संस्कृतिको मुख्य परम्परा हो । अखण्डं मंडलाकारम् व्याप्तयेन चराचरम् । तत्पदं दर्शितंयेन तस्मै श्री गुरभ्य नमः। गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर । गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमः । गुरु पुर्णिामा तथा व्यास गुरु जयन्तीको अवसरमा जीवनको आरम्भदेखि शिक्षा एवम् दिक्षाको मार्गदर्शन गर्नुहुने सम्पूर्ण गुरूवर्गहरू प्रतिको उच्च सम्मानमा यो पर्व मनाउँदै आएको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करणीको मुद्दा मिलापत्र गराउने चार जना पक्राउ

१८ असार २०८०, सोमबार १२:५४
कोहलपुर (बाँके) : जबरजस्ती करणीको मुद्दा मिलापत्र गर्न दवाव दिने ४ जनालाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका वडा नं.२ मा भएको बलात्कारको घटना मिलापत्र गराउने भन्दै १८ लाख लिएर घटना लुकाउन खोज्ने ४ जनालाई प्रहरीले नियन्त्रण्मा लिएको हो । अन्य केही फरार रहको प्रहरी स्रोतले जनाएको छ […]