नरैनापुरमा रंगशाला निर्माण कार्य अन्तिम चरणमा

सदरलाइन संवाददाता १६ असार २०८०, शनिबार १३:३२
 

नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकामा रंगशालाको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ४ स्थित दौलतपुरको खोदवामा उक्त रंगशालाको निर्माण एक वर्ष अघिदेखि शुरु भएको थियो । रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । एक पालिका, एक रंगशाला अन्तर्गत नरैनापुरमा रंगशाला निर्माणको काम शुरु गरिएको थियो ।

निर्माणाधिन रंगशालाको स्थलगत निरीक्षण गर्दै लुम्बिनी प्रदेशका सांसद एवम् पुर्वमन्त्री कृष्णा केसी नमुनाले नरैनापुर गाउँपालिका कार्यालय, समयमै काम सम्पन्न गर्ने निर्माण ब्यवसायी, स्थानीयबासी, कर्मचारी लगायत सबैलाई धन्यवाद दिएकी छन् । रगंशाला निर्माण भएसँगै भलिबल, फुटबल, क्रिकेट लगायतका खेलसँगै खेलकुदका गतिविधि सञ्चालन लगायतका गतिविधि सञ्चालन गर्न सहज हुने उनको विश्वास छ ।


यस्तै नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको र केही काम मात्रै बाँकी रहेको बताए । रंगशाला निर्माण कार्यमा खटिने र पहल गर्ने सबैलाई धन्यवाद दिएका छन् । रंगशाला निर्माण भएपछि नरैनापुरमा खेलकुदका गतिविधि सञ्चालन गर्न सहज हुने उनको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अव्यवस्थित जग्गा नाप्दै कोहलपुर

१६ असार २०८०, शनिबार १३:३२
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले भूमि आयोगसँगको समन्वयमा नगरभित्रका वडाहरुका अव्यवस्थित जग्गा नापजाँच कार्य सुचारु गरेको छ । वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा बसोबास गरिरहेका नागरिकलाई लक्षित गरेर जग्गा नापजाँच शुरु गरिएको हो । नगरपालिकाका अनुसार अहिले कोहलपुर नगरपालिका वडा नम्बर ५ र ८,५ मा नापजाँच सुरु भएको छ भने २, १० […]

सम्बन्धित