ग्वारखोलामा डुबेर एक बालकको मृत्यु

सदरलाइन संवाददाता १७ आश्विन २०७९, सोमबार १३:०९
 

दाङ : ग्वारखोलामा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का १४ बर्षीय अभिशेक भुसालको तुलसीपुर –१२ स्थित ग्वारखोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

दाजुसहित नुहाउन भनेर महेन्द्र मावि कपडादेबीको ग्वारखोला पुल नजिकै गएका भुसालको स्थानीय उरहरी–जस्पुर सिंचाई कुलो बाँधेमा डुबेर भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।


गाउँमा सिंचाइको लागि पानी डोर्याउन तार जाली बाँधेको बाँधमा नुहाउन गएका उनको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतबाट बाहिरिने यात्रुलाई बसपार्कमा सास्ती

१७ आश्विन २०७९, सोमबार १३:०९
सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पहाडी र हिमाली जिल्लामा जाने यात्रुहरुले हैरानी खेप्नु परेको छ । सुर्खेत बसपार्कमा काउन्टरवाला र सवारी चालकहरूको मनोमानीले यात्रुको बिचल्ली भइरहेको हो । दशैँ मनाउन कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने यात्रुहरूमाथि काउन्टरवाला र चालकहरूले धम्कीपूर्ण व्यवहार गर्ने गरेका छन् । सुर्खेत बसपार्कमा उनीहरूले एउटै […]