बर्दियामा ‘सेनिटाइजर’ सेवन गर्दा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता ९ असार २०८०, शनिबार १४:११
 

नेपालगञ्ज : बर्दियामा ‘सेनिटाइजर’ जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका वडा नम्बर ८ टिसियन फाँटामा ‘सेनिटाइजर’ जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए । तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् ।

उनीहरुलाई गएराति नै उपचारका लागि नेपालगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा पाठेघरको क्यान्सरको परीक्षण सम्पन्न

९ असार २०८०, शनिबार १४:११
नरैनापुर (बाँके) : स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नरैनापुर गाँउपालिकको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर भएको छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले नरैनापुर ५ मटेहिया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएका […]