यस्ता छन बाँकेमा संघ र प्रदेश निर्वाचनका आकांक्षि

रुद्र सुवेदी २६ श्रावण २०७९, बिहीबार १९:२४
 

नेपालगञ्ज : आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि बाँकेमा पनि विभिन्न राजनीतिक दलभित्र संभावित उम्मेदवारको चर्चा चुलिदै आएको छ । तीनवटा संघिय निर्वाचन क्षेत्र र ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र भएको बाँकेमा गठबन्धन भए वा नभए भन्दै विभिन्न दलका नेता तथा कार्यकर्ताहरु निर्वाचनमा टिकटपाए जित निकाल्ने दाबी चिया पसल र चौतारीमा बहसको विषय बनाईएको पाईन्छ ।

बाँके निर्वाचन क्षेत्र नं. १ को चर्चा गर्दा २०७४ मा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन हुँदा माओवादी केन्द्रका महेश्वर जंग गहतराज अथकले जित हासिल गरेका थिए भने प्रदेश १ क बाट एमालेकी आरती पौडेल र १ ख बाट माओवादी केन्द्रकी कृष्णा केसी नमूना विजयी भएकी थिईन ।

यतिबेला नेपाली काँग्रेस, माओवादी केन्द्रसहित ५ दलिय गठबन्धनले केन्द्रीय सत्ता सञ्चालन गर्दै आएको र सोही गठबन्धन आगामी निर्वाचनमा पनि कायमै राख्ने निर्णय गर्दा एमाले र राप्रपा मात्र एक्लाएक्लै लड्ने अवस्था छ । तर, पछिल्लो समयमा स्वतन्त्र र स्वतन्त्रका नाममा खोलिएका पार्टीको पनि केही अस्तिस्त्व रहने हो कि भन्ने आँकलन पनि छ ।

क्षेत्र नं. १ मा नेपाली काँग्रेसबाट क्षेत्रीय सभापति पोषणराज केसी, जिल्ला सभापति नारायण गौडेल, पूर्व क्षेत्रीय सभापति माधवराम केसी संभावित उम्मेदवार हुन । भने प्रदेश सभामा बलराम शर्मा, चिन्तमणी धिताल, लाहुराम थारु, सन्जु थारु, फुलाराम थारु संभावित उम्मेदवार हुन । गठबन्धन भएमा संघमा यो क्षेत्र माओवादीले प्रदेशमा एकीकृत समाजबादी र काँग्रेसले एक एक क्षेत्र बाढेर चित्त बुझाउने छन् ।

एमालेबाट केन्द्रीय सदस्य तथा जिल्ला ईन्र्चाज सूर्य ढकाल, देवराज भार र कोहलपुर नगरपालिकाका पूर्व मेयर लुटबहादुर रावत मध्ये एक जना संघिय उम्मेदवार हुन । यसैगरी प्रदेशमा बसन्ती अधिकारी, खुमा ओली, आरती पौडेल, तुलसीराम चौधरी, मनोज केसी, विक्रम यादव, सोहनलाल यादव मध्यबाटै उम्मेदवार बन्ने चर्चा चुलिएको छ ।

माओवादी केन्द्रबाट बर्तमान मन्त्री समेत रहेका महेश्वर जंग गहतराज, प्रदेश सभा सदस्य कृष्णा केसी नमूना, संबिधान सभा सदस्य अञ्जना चौधरी अशोककुमार रोकाय मध्यबाट एक उम्मेदवार बन्ने आंकलन गरिएको छ । राप्रपाले यो निर्वाचन क्षेत्रमा केन्द्रीय सहमामन्त्री समेत रहेका युवा नेता ऋषिराज देवकोटालाई उम्मेदवार बनाउन सक्ने देखिन्छ ।


२०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट अथकले ३१ हजार १७३ मत प्राप्त गरि विजयी भएका थिए । काँग्रेसका खत्रीले २८ हजार २१७ र संघीय समाजवादी फोरमका लालवहादुर शाहले चार हजार ५८८ मत प्राप्त गरेका थिए ।

यसैगरी प्रदेश क मा वाम गठबन्धनका तर्फबाट कृष्ण केसीले १३ हजार ४३६ मत प्राप्त गरी विजयी भएका थिए । काँग्रेसका शरदचन्द्र वर्माले १० हजार २४० र फोरमका कमसर खाँले चार हजार ५५३ मत प्राप्त गरेका थिए । यसैगरी प्रदेश ख मा वाम गठबन्धनका तर्फबाट एमालेका आरती पौडेलले १९ हजार ३८९ मत प्राप्त गरि विजयी भएका थिए । काँग्रेसका गौडेलले १५ हजार २०५ मत प्राप्त गरेका थिए ।

यसैगरी बाँकेको निर्वाचन क्षेत्र नं. २ अत्यन्त महत्व पूर्ण र चर्चित क्षेत्र हो । पूर्वप्रधानमन्त्री सुशील कोईरालाको निर्वाचन क्षेत्र रहेको यस क्षेत्रमा सबैभन्दा बलियो समाजबादी फोरम देखिएको छ । समाजबादी फोरमका केन्द्रीय सचिव समेत रहेका बर्तमान भौतिक तथा यातायात मन्त्री मो. ईस्तियाक राई गठबन्धनका एक्ला उम्मेदवार हुन । यदी एक्लै लड्ने अवस्था आएमा नेपाली काँग्रेसबाट गजेन्द्र हमाल, किशोर सिंह राठौर, मैकुलाल बाल्मिकी संघमा र प्रदेशमा सुरेन्द्र हमाल, रमेश गुप्ता, उमा थापा मगर, राजकुमार वर्मा, निरञ्जनसिंह सिंजापति लगायतको नाम चर्चामा रहेको छ ।

एमालेबाट मोहम्मद हारुन हल्वाई, मधुसूदन शर्मा रिजाल, दिपा शर्मा मध्येबाट उम्मेदवार बनाउने छ । यसैगरी निरक गुरुङ, नगर अध्यक्ष दत्तप्रसाद आचार्य, यातायात व्यवसायी डेकनाथ गौतम, व्यावसायी नेता कृष्णप्रसाद श्रेष्ठ, निजामुदनि ईद्रसी, अब्दुल हकिम हल्वाई लगायतको लगायतको नाम पनि चर्चामा छ । । यसपटकको निर्वाचनमा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा पनि क्षेत्र नम्बर २ बाटै प्रतिष्पर्धामा तयारीमा रहेका छन् ।

गत निर्वाचनमा मन्त्री राईले २१ हजार ५७५ मत प्राप्त गरेका थिए । वाम गठबन्धनबाट एमालेका पशुपति दयाल मिश्राले १५ हजार ९५१ र नेपाली काँग्रेसको समर्थनमा राप्रपाका ओमप्रकाश आजाद ११ हजार ६२२ मत प्राप्त गरेका थिए । प्रदेश क मा फोरम नेपालका विजय यादव ११ हजार ५७४ मत प्राप्त गरि विजयी भएका थिए । काँग्रेसका निरञ्जन सिंह सिँजापतिले ७ हजार ७५१ र वाम गठबन्धनका कामता खटिकले चार हजार ८९८ मत प्राप्त गरेका थिए । फोरमबाट विजयी यादव पार्टी परित्याग गरि पत्निलाई एमालेबाट यसअघि भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट डुडुवा गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनाएपनि सफल हुन सकेनन्  यसैगरी प्रदेश ख बाट काँग्रेसका सुरेन्द्र हमाल ९ हजार २११ मत प्राप्त गरि विजयी भएका थिए । फोरमका दुर्गेश बैश्यले ८ हजार ४३२ र एमालेका बिजय गुप्ताले ५ हजार ३२७ मत प्राप्त गरेका थिए ।

क्षेत्र नम्बर ३ मा गठबन्धनबाट नेपाली काँग्रेसका मेघराज वली, लक्ष्मी नारायण शाह, उत्तमराज घिमिरे, कृष्णमान श्रेष्ठ, कृष्ण विक, नेकपा एकीकृत समाजवादीबाट पुर्वमन्त्री दलबहादुर सुनार र माओवादी केन्द्रबाट प्रदेश सांसद आईपी खरेलको नाम चर्चामा रहेको छ ।
एमालेबाट संघीय सांसदमा पुराना नेता भक्तबहादुर केसी, नन्द विश्वकर्मा, पार्टी अध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री, भिम ओली लगायतको चर्चा छ । प्रदेश सांसद बाबुराम गौतम, उपाध्यक्ष डिल्ली बिसी, पदम धिताल, मानबहादुर रुचाल, एक माया बिक, शारदा बिक पनि आफुलाई सम्भावित उम्मेदवारको रुपमा अघि सारेका छन् ।

क्षेत्र नम्बर ३ मा गत निर्वाचनमा वाम गठबन्धनबाट एमालेका नन्दलाल रोकायले ३१ हजार ६०१ मत प्राप्त गरि विजयी भएका थिए । यसैगरी काँग्रेसका वादशाह कुर्मीले २६ हजार ६१७ मत प्राप्त गरेका थिए । प्रदेश क मा वाम गठबन्धनका खरेलले १६ हजार ६७५ मत प्राप्त गरि विजयी भएका थिए । काँग्रेसका चन्तराम थारुले १४ हजार ९८१ मत प्राप्त गरेका थिए । प्रदेश ख मा वाम गठबन्धनका बाबुराम गौतम ११ हजार ८७७ मत प्राप्त गरि विजयी भएका थिए । काँग्रेसका लक्ष्मी नारायण शाहले ७ हजार ५९९, स्वतन्त्र विजय पाठकले ४ हजार २४० मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका छ विपन्न परिवारलाई मौरीपालनमा सहयोग

२६ श्रावण २०७९, बिहीबार १९:२४
  नेपालगञ्ज :  कतार च्यारिटीले बाँके युनेस्को क्लबमार्फत बाँकेका विपन्न, जोखिममा परेका तथा सीमान्तकृत परिवारलाई मौरी पालनका लागि सहयोग गरेको छ । क्लबले जिविकोपार्जनका लागि मौरीपालन परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका र खजुरा तथा डुडुवा गाउँपालिकाका ६ विपन्न परिवारलाई मौरी पालनका लागि हरेक परिवारलाई मौरी भरिएका ८–८ वटा घार र अन्य […]