राप्तीसोनारी पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

सदरलाइन संवाददाता ३ असार २०८०, आईतवार १४:४९
 

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषित भएको छ । आइतबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले उक्त घोषणा गरेका हुन् ।

पालिकामा १५ महिनाभित्रका ७ जना शून्य डोज र ७९ जना ड्रपआउट, १६ महिनादेखि ५९ महिनाकाका १ सय ८९ शून्य डोज र एक हजार दुई सय २२ जना ड्रपआउटलाई समेटिएपछि पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।


पालिका अध्यक्ष पौडेलले खोपबाट कुनै पनि बालबालिकालाई छुट्न नदिइने बताए ।

कार्यक्रममा पालिका उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठलगायतको उपस्थिति थियो । योसंगै बांकेका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेडक्रस बाँकेद्वारा बागेश्वरी मन्दिरमा सरसफाई

३ असार २०८०, आईतवार १४:४९
नेपालगञ्ज : नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ५६औं शाखा स्थापना दिवस मनाइएको छ । दिवसका अवसरमा शक्तिपीठ माता बागेश्वरी मन्दिर परिसर क्षेत्र महाआरती स्थलको सरसफाई गरी आइतवार दिवस मनाइएको हो । दिवसका अवसरमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रेडक्रस बाँकेका संस्थापकहरुलाई सम्झदै मानवीय सेवा दिनप्रति दिन व्यापक […]

सम्बन्धित