जुमा फुटबलमा अटो मोबाइल्स र मदिरा व्यवसायी विजयी

१० फाल्गुन २०७५, शुक्रबार १८:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा जारी प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगिताअन्तर्गत शुक्रवारको खेलमा अटो मोबाईल्स व्यवसायी विजयी भएको छ । होटल व्यवसायी संघ बाँकेसँग भएको प्रतिस्पर्धामा नेपालगञ्ज अटो मोबाईल्स ५–० गोलले विजयी भएको हो ।
अटो मोबाईल्स व्यवसायीको तर्फबाट ज्ञानमणी अधिकारीले ३ गोल गरि ह्याट्रिक गरे भने मंगल घर्ती र कर्ण बहादुर थापाले १–१ गोल गरेका थिए । ज्ञान मणी अधिकारीलाई म्यान अफ द म्याच घोषित गरियो । त्यसैगरि दोश्रो खेलमा नेपालगञ्ज पाठ्यपुस्तक तथा स्टेशनरी व्यवसायी संघ र मदिरा व्यवसायी संघ बीच भएको थियो । उक्त खेलमा मदिरा व्यवसायी संघ ३–१ गोलले विजयी भएको छ ।
मदिराका तर्फबाट उदय अधिकारीले २ गोल र भद्रसिंह थापाले १ गोल गरेका थिए । उक्त खेलमा स्टेशनरीका गोलकिपर सविन लुईटेल म्यान अफ द म्याच घोषित भए । जुमा स्पोर्टस क्लबले म्यान अफ द म्याच खिलाडीलाई पुरस्कार प्रदान गर्दै आएको छ । प्रथम हुने टिमलाई १ लाख १ हजार १ सय ११ र द्वितीय हुनेलाई ५१ ह्जार १ सय ११ रुपैयाँ प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष भीम राना भाटले जानकारी दिए ।

Next Post

सांसद वलीको पार्थिव शरिर दाङ ल्याईयो

१० फाल्गुन २०७५, शुक्रबार १८:१५
सदरलाइनडटकम, दाङ : प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको शव दाङ ल्याईएको छ । उनको शवलाई अहिले नेकपाको तुलसीपुर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । उनको पार्थिव शरिरमा प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्ती, प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, नेपाल […]

सम्बन्धित