कोहलपुरद्वारा अनुदानमा कृषि सामग्री वितरण

सदरलाइन संवाददाता ३२ जेष्ठ २०८०, बिहीबार १४:४०
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाभित्रका किसानलाई अत्याधुनिक तरिकाले खेती गरेर उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ ।

कृषि उत्पादनलाई वृद्धि गर्ने अभियानका साथ किसानलाई कृषिमा आत्मनिर्भर बनाउन कोहलपुर नगरपालिका अन्तर्गत कृषि शाखाको ५० प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरिएको हो । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख सङ्गीता सुवेदी र आर्थिक विकास समितिका संयोजक अनिता बिसीले संयुक्त रूपमा किसानलाई कृषि सामग्री र उपकरण हस्तान्तरण गरिएको बताइन् ।

नगर प्रमुख आचार्यले अत्याधुनिक कृषि सामग्रीको प्रयोग गरेर उत्पादन बढाउँदै किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा यो सामग्री वितरण गरिएको जानकारी गराए ।


उनले कृषि सामग्री तथा उपकरण लिएर घरमा प्रयोग नगरी थन्काउने गरेको गुनासो आएकाले आगामी दिनमा यस्ता गुनासा नआउने गरी प्रयोगमा ल्याउन कृषकलाई आग्रह समेत गरेका छन। आचार्यले यस पटक तेरो मेरो नभनेर मापदण्ड अनुसार वास्तविक किसानलाई मात्र कृषि सामग्री र उपकरण प्रदान गरिएको बताए ।

कोहलपुर नगरपालिका उपप्रमुख सुवेदीले नगरपालिकाले कृषि उत्पादनमा जोड दिई प्राथमिकताका साथ काम गरिरहेको जनाउँदै गएको एक वर्षको अवधिमा कृषिलाई विशेष जोड दिएर कृषिमा आत्मनिर्भर बनाउन पकेट क्षेत्रसमेत घोषणा गरिएको बताएकी छ् न।

नगर कृषि शाखाका नायब प्राविधिक सहायक यज्ञ रोकायका अनुसार सो अवसरमा सात वटा मिनी ट्रेलर र छ वटा पाउन ट्रेलर वितरण गरिएको छ भने साना सिँचाइका लागि ३० वटा पम्पसेट र ३० वटै सेक्सन पाइप, ३५ वटा डेलिभरी पाइप, ग्राडेन पाइप १० वटा रोल, धान पकेट क्षेत्रमा दुई पावर ट्रिलर र नौ वटा मिनी ट्रिलर तथा तरकारी पकेट क्षेत्रमा तीन वटा पावर ट्रिलरसहित त्यसमा लाग्ने सामान पनि वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भाडा नबढाउन उद्योग बाणिज्य संघको आग्रह

३२ जेष्ठ २०८०, बिहीबार १४:४०
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र कोहलपुर उद्योग वाणिज्य सङ्घले आर्थिक मन्दीका कारण व्यापार व्यवसाय घट्दैगएको जनाउँदै घरधनीलाई पसल व्यवसायका लागि दिइएको सटर र घरको भाडामा वृद्धि नगर्न आग्रह गरेका छन् । दुवै सङ्घले छुट्टाछुट्टै अपिल प्रकाशित गरेर आर्थिक मन्दीका कारण धराशायी भएका व्यवसायीलाई परिस्थिति असहज रहेको बेलासम्म पसल […]

सम्बन्धित