लागूऔषधसहित सुर्खेतमा ६ जना पक्राउ

सदरलाइन संवाददाता २७ चैत्र २०७८, आईतवार १७:१०
 

नेपालगञ्ज : वीरेन्द्रनगर नगरपालिका–१० कुन्टीटोलबाट करिब ३ सय ६० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ६ जना पक्राउ परेका छन ।

पक्राऊ पर्नेमा, बराहताल गाउँपालिका–२ बस्ने २३ वर्षीय लक्ष्मण दर्लामी मगर,अशोक थापा, करण रोकाया, सुजन चौधरी, शंकर अधिकारी, रमेश शर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


उक्त स्थानमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट लाटिकोईली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध छु : डिएसपी मल्ल

२७ चैत्र २०७८, आईतवार १७:१०
नेपालगञ्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरका नव नियुक्त प्रमुख डिएसपी ऐन बहादुर मल्लले आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध रहेको बताएका छन् । ईलाका प्रहरि कार्यालय कोहलपुरमा आइतवार आयोजित पत्रकार सम्मेलन सम्पन्नमा उनले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै डिएसपि मल्ल भने “कोहलपुरमा बड्दो क्रममा रहेको लागूऔषधका घटनालाई […]