संस्थापक अध्यक्ष टण्डनद्वारा खेल सामग्री प्रदान

१८ जेष्ठ २०७६, शनिबार १८:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका महिला क्रिकेट खेलाडीहरुलाई क्रिकेट खेल सामग्री प्रदान गरिएको छ । बाँके जिल्ला क्रिकेट संघका संस्थापक अध्यक्ष रामकुमार टण्डनले ४० हजार वरावरको खेल सामग्री प्रदान गरेका हुन् ।
शनिवार एक कार्यक्रममा विच पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका टण्डनले महिला क्रिकेट खेलाडीहरुलाई वल ब्याट ,गोल्पलगायतको ३ सेट सामग्री हस्तान्तण गरे । महिला क्रिकेटको खेल विकासका लागि वार्षिक ८० हजार खर्च गर्ने बताउँदै उनले अब बाँकेका महिला खेलाडीहरुले विगतका इतिहास दोहोर्याउनेमा आफु ढुक्क रहेको उल्लेख गरे ।
आफुले क्रिकेटको विकासका लागि जस्तोसुकै सहयोग गर्न पछि नहट्ने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गबहादुर थापा मगर, क्यानका उपाध्यक्ष संजयराज सिंह, क्रिकेट संघ बाँकेका सदस्य सरोवर प्रसाई, अम्पायर राजेन्द्र मान्धर, प्रशिक्षक दिपेन्द्र प्रताप सिंह, जमिल अन्सारीलगायतको सहभागिता थियो ।

Next Post

हावाहुरी प्रभावितलाई आर्थिक सहयोग

१८ जेष्ठ २०७६, शनिबार १८:३९
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले हावाहुरी प्रभावितलाई नगद राहत वितरण गरेको छ । गाउँ कार्यपालिका सदस्य भागीरत सुनारको संयोजकत्वमा हावाहुरी प्रभावितहरुका लागि क्षति हेरेर ३ हजारदेखि १० हजारसम्म वितरण गरेको छ । खजुरा गाउँपालिका क्षेत्रभित्र गत वैशाख १९ गते आएको हावाहुरीले क्षति पुर्याएको ५८ घरपरिवारलाई नगद राहत सहयोग […]