नेपालगञ्ज उपमहानगरका सरसफाइकर्मीको सुरक्षा र सम्मानको बारेमा अध्ययन सुरु

सदरलाइन संवाददाता २४ जेष्ठ २०८०, बुधबार १७:२७
 

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र सरसफाइको कार्य गर्दै आएका जनशक्तिको सुरक्षा र सम्मानको बारेमा अध्ययन गरिएको छ । आइडीएस नेपाल र नेपाल वातावरण पत्रकार समूहले सफाइकर्मीहरुको सुरक्षा र सम्मानको अवस्थाको बारेमा अध्ययन गर्न सुरु गरेको हो ।

अध्ययन समूहका निमेश रेग्मीले नेपालगञ्ज उपमहानगरमा परम्पपरागत रुपमा सरसफाईको क्षेत्रमा कार्यरत रहदै आएका बाल्मिकी समुदाय र व्यवसायिक रुपमा सरसफाईमा क्रियाशिल संस्था र त्यसका संञ्चलकको सामाजिक, संस्कृतिकका साथै पेशागत सुरक्षा र सम्मानको अवस्था जानकारी लिने उद्देश्यले अध्ययन सुरु गरिएको जानकारी दिए ।

‘सफा नगर निर्माणको लागि सरसफाइकर्मीहरुको महत्वपूर्ण योगदान रहने भएकोले निश्चयनै त्यसका लागि उनीहरुको सुरक्षा र सम्मानको बारेमा पनि लेखाजोखा हुन आवश्यक भएकोले आइडीएस नेपाल र नेपाल वातावरण पत्रकार समूहले सरसफाइकर्मीहरुको सुरक्षा र सम्मान सम्बन्धी परियोजना नेपालगञ्ज उपमहानगर र भरतपुर महनगरमा अध्ययन सुरु गरेको हो’– उनले भने ।

उनले शहरको सरसफाइमा सरसफाइकर्मीहरुको अहम भूमिका भए पनि तर, यस्ता सरसफाइकर्मीहरुको व्यक्तिगत सुरक्षाका बारेमा जानकारीको कमि भएको कारणले समाजमा पनि उनीहरु हेय भावको शिकार भइरहेको जनगुनासो आएकोले अध्ययन सुरु गरिएको बताए ।


एशियाली विकास बैंकको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका र भरतपुर महानगरपालिकामा सरसफाइकर्मीको सुरक्षा र सम्मान सम्बन्धी परियोजना सञ्चालन गरिएको उनले जानकारी दिए । सो परियोजना अन्तर्गत सफाइकर्मीको सुरक्षाका लागि बंगलादेशको बंगलादेश युनिभरसिटी अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीले तालिम निर्देशिका तयार पारेको छ ।

नेपालगञ्जमा बाल्मिकि समुदायले अध्ययनका क्रममा आफुहरुमा कहीकतै अझैपनि हेय भावको व्यवहार भएको, फोहरमा बढी खेल्नुपर्ने भएकोले विभिन्न रोगको संक्रमण हुनसक्ने जोखिम मोलेर काम गरे पनि जोखिम अनुसारको कामको मूल्य नपाएको र रोजगारदाताबाट आफुहरुले अपेक्षा गरे अनुसारको व्यवहार नपाएको जस्तो गुनासो आएको पाईएको बताईएको छ ।

बाल्मिकी समुदायले अधिकांश आफ्ना सन्ततिलाई उच्च शिक्षा अध्ययन गराउने र आफुले अंगालेको पेशा पुन आफ्ना सन्ततिलाई अंगाल्न नलागाउने विचार व्यक्त गरेको अध्ययनका क्रममा सहभागिले अध्ययनकर्तालाई बताएको पाईएको छ ।

आइडीएस नेपाल र नेपाल वातावरण पत्रकार समूहका अध्ययन टोलीमा रेग्मीसहित घमराज लुईटेल, सञ्जय देवकोटालगायतको टोलीले लामोसमय नेपालगञ्जको बाल्मिकी समुदाय तथा सरसफाईको क्षेत्रमा कार्यरत संघसंस्था र त्यसमा कार्यरत जनशक्तिको बारेमा स्थलगत भेटगरी छलफल तथा अनतरक्रियाको माध्यामबाट अध्ययन गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा बालविवाह न्युनिकरणका लागि विद्यालयले नेतृत्व लिदै

२४ जेष्ठ २०८०, बुधबार १७:२७
बर्दिया :  बर्दियामा बालविवाह न्युनिकरणका लागि विद्यालयले नेतृत्व लिने भएका छन । सामाजिक कुरितीको रुपमा समाजमा जरो गाडेको बालविवाहलाई निरुत्साहित गर्न र यसका बिरुद्ध जागरण फैलाउने प्रणका साथ नेतृत्व लिन विद्यालयहरु अगाडि सरेका हुन । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप) द्वारा बारर्दिया, मधुवन ठाकुरबाबा नगरपालिका […]