प्रतिवेदन सार्वजनिक नगरि निर्वाचनमा गएको प्रति आपत्ति

सदरलाइन संवाददाता २० जेष्ठ २०८०, शनिबार १५:०१
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकामा रहेको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जेष्ठ २ गते तोकिएको आठौं बार्षिक साधारण सभा तथा अबिधेशनमा कोषाध्यक्षको प्रतिबेदनमाथि आम उपभोक्ता तथा प्रतिनिधिहरुले प्रश्न उठाएपछि गठित छानबिन समितिले तयार पारेको प्रतिबेदन सार्वजनिक नगरि चुनावी प्रक्रियामा गएको प्रति बेटर बाँकेले आपत्ति जनाएको छ ।

कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन सम्पन्न गराउन तोकिएका निर्बाचन अधिकृत राम बहादुर हमाललाई बेटर बाँकेले उनकै कार्यकक्षमा पुगेर आम नागरिकको चासोको बिषय रहेको जनाउँदै राजनैतिक दलको दवाफमा छानबिन समितीको प्रतिबेदन सार्बजनिक नगरि निर्वाचन प्रक्रिया अगाडि बढाईको प्रति आफुहरुको गम्भिर आपत्ति रहेको जनाएको छ ।

बेटर बाँकेले प्रतिबेदन कुनै न कुनै रुपले सार्वजनिक गरेर मात्र चुनावि प्रक्रियामा जान समेत निर्वाचन निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएको छ । यता कोहलपुर नगर शिक्षा प्रमुख समेत रहेका निर्बाचन अधिकृत राम बहादर राम बहादुर हमालले आफुलाई निर्वाचन सम्पन्न गर्न मात्र जिम्मा दिएको भन्दै प्रतिबेदन सार्वजनिक गर्ने निकाय आफु नभएको जिकिर गरेका छन् । उनले बेटर बाँकेले उठाएको मुद्दा आफुले सम्बन्धित निकायसम्म पुर्याउने भन्दै निर्वाचनका कार्यक्रम भने आजै सार्वजनिक गरि सकिएको जनाएका छन् ।

निर्वाचन समितिद्वारा जारी गरिएको तालिका अनुसार शनिवार २० गते मतदाता नामावलि प्रकाशन गर्ने बताईएको छ । त्यसैगरी २२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने र २५ गते चुनाव चिन्ह वितरण गर्ने तालिका रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

झण्डै ८ वर्षपछि संस्थाको नेतृत्व चयनकालागि यस अघि जेठ २ गते भएको साधारणसभा तथा अधिवेशनले नेतृत्व छान्न सकेको थिएन । संस्थामा व्यापक अनियमितता भएको विषय पेचिलो बन्दै गएपछि जेठ २ को साधारणसभाले छानविन समिति समेत गठन गरेका थियो ।

साधारण सभामा पेश गरेको एकिकृत भन्ने आर्थिक प्रतिवेदन सभामा उपस्थित प्रतिनिधिहरुलाई शंकास्पद लागेपछि ५ सदस्यीय छानविन समिति गठन भएको हो । हर्क बड थापा संयोजक रहेको उक्त समितिमा तेज प्रसाद अधिकारी, शशेन्द्र शाहि, शिव पोख्रेल र अमर चन्द सदस्य रहेका थिए ।

सो समितिले सार्बजनिक गर्ने भनिएको प्रतिबेदन सार्वजनिक नभएपछि सो प्रतिबेदनमा के के बिक्रिती रहेका भन्ने प्रश्नमा एक समितिका सदस्यले आफनो नाम नबताउने शर्तमा कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा ब्यापक अनियमितता भएको बताएका छन । अनियमितता सार्वजनिक भएपछि दलगत रुपमा समेत आक्षेप आउने देखिएपछि नयाँ कार्य समितिलाई सो प्रतिबेदन बुझाउने गरि दलहरुको सहमतिमै प्रतिबेदन लुकाईएको ति सदस्यको आरोप रहेको छ ।


यता नि बर्तमान अध्यक्ष नर बहादुर मल्लले आफु छानविन समितीको प्रतिबेदन सार्वजनिक हुनुपर्ने पक्षमा भएपनि दलहरुका कारण प्रतिबेदन सार्वजनिक नगरिएको जिकिर गर्दै आएका छन । छानबिन समितीका एक सदस्यका अनुसार सर्वदलिय बैठकले प्रतिवेदन सार्वजनिक गर्न रोकेको खुलासा गरेका छन् । प्रमुख राजनितीक दलका प्रतिनिधिसहितको सर्वदलिय बैठकले संस्थाको नयाँ कार्यसमिति गठन पछि मात्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने निर्णय गरेकाले आफुहरुले प्रतिवेदन सार्वजनिक गर्न नसकेको उनले दावी गरे ।

छानविन समितिलाई प्रतिवेदन सार्वजनिक गर्ने म्याण्डेट नभएको दावी गर्दै उनले भने, “लाहछाप लगाएर सुरक्षित राखिएको छ, नयाँ समिति आएपछि सार्वजनिक हुन्छ ।” उनका अनुसार खानेपानी संस्थामा अनियमितताका थुप्रै प्रमाणहरु फेला परेका छन । जसमध्ये आफुखुसी भत्ता बाँड्ने गरेको, असान्दर्भिक बिल पेश गरेर भुक्तानी लिने गरेको, बिभिन्न शिर्षकमा लिएको लाखौं रकम फिर्ता नगरेको जस्ता गहन विषयमा समेत छानविन गरिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार महिनामा एक पटक मिटिङ बस्ने संस्थागत निर्णय भएपनि आफुखुशी पटक पटक बैठक बसेर २९०० सम्म भक्ता बुभ्mने गरेको तथ्य फेला परेको छ । संस्थागत रुपमा भत्तामा एकरुपता हुनुपर्ने भएपनि बैठक पिच्छे फरक फरक १२००, १५००, २९००० सम्म लिएको बेतिथि फेला परेको हो । संस्थाको नियम अनुसार कर्मचारीहरुलाई मात्र दशैं भत्ता दिने ब्यवस्था रहेको छ ।

तर कार्यसमितिमै बसेका पदाधिकारीहरुले समेत दशैं भत्ता, पोशाक भत्ता लगायतका भत्ताहरु आफुखुशी लिने गरेको तथ्य फेला परेको छानविन समितिका एक सदस्यले बताए । संस्थागत पारदर्शिताको कुरा गर्ने खानेपानीका पदाधिकारीहरुको आर्थिक पाटो समेत नकारात्मक देखिएपछि आम उपभोक्ताहरुले समेत उक्त प्रतिवेदन सार्वजनिक गर्न दवाव दिन थालेका छन् ।

कतिसम्म भने संस्थाका पदाधिकारीहरुले बिभिन्न समयमा संस्थाबाट पछि तिर्ने गरी बिभिन्न शिर्षकमा ३० लाख भन्दा बढि रकम लिएको स्रोतको दाबी छ । जसमध्ये केही रकम छानविनकै क्रममा फिर्ता भएपनि अधिकाशं रकममा बेरुजु देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास सम्पन्न

२० जेष्ठ २०८०, शनिबार १५:०१
नेपालगञ्ज : जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजना तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, र अन्य सरोकारवालाहरुको सहकार्य र सहभागितामा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास आईतवार सम्पन्न गरिएको छ । राप्ती नदीको सिधनिया घाट राप्ती पुलमा गरिएको कृत्रिम घटना अभ्यासमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस तथा समुदायका […]