सदरलाइनडटकम,
कोहलपुर (बाँके) : नेपाल युवा संस्था संजाल (आयोन) तथा जिल्ला युवा क्लब संजाल बाँकेको आयोजना र जिल्ला निर्वाचन कार्यालय बाँकेको समन्वयमा निर्वाचनका लागि नागरिक सचेतना कार्यक्रमअन्तर्गत बाँकेको कोहलपुर वडा नं. ६ मा हुन गईरहेको उप–निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षाबारे अभिमुखिकरण तथा नमूना मतदान गरिएको छ ।
७० जनाको सहभागिता रहेको नमुना मतदानमा ३२ जना महिला ३८ जना पुरुषले मतदान गरेका थिए । कुल ७० मत खसेकोमा ३ जनाको मत बदर भएको थियो । स्थानीय तहको उप–निर्वाचनका क्रममा मत बदर संख्या कम गर्ने उद्देश्यले नमूना मतदान गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकृत खुमप्रसाद सुवेदीले सहजीकरण गरेको कार्यक्रममा निर्वाचनको महत्व, यसको प्रक्रिया र अचार संहिताको बारेमा छलफल गरिएको जिल्ला युवा क्लब संजाल बाँकेका सचिव राजन बर्माले जनकारी दिए ।
Next Post
नेपालगञ्जमा पनि सोह्र दिने अभियान मनाईंदै
९ मंसिर २०७६, सोमबार १७:००
सम्बन्धित
-
१२ आश्विन २०७५, शुक्रबार १४:४०
डोजरले किच्दा जाजरकोटमा बालकको मृत्यु
-
२१ पुष २०८०, शनिबार १५:३६
डुडुवाको गत आर्थिक बर्षमा झण्डै ६२ लाख इन्धनमा खर्च
-
२४ मंसिर २०७५, सोमबार १८:२३
न्यायिक समितिलाई क्षमता विकास तालिम
-
७ भाद्र २०७८, सोमबार १८:४७
अब जावा मोटरसाइकल नेपालगञ्ज मै
-
७ असार २०८०, बिहीबार १४:१२
ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल
-
२ बैशाख २०७७, मंगलवार १५:५३
कोरोनाबाट भारतमा १० हजारभन्दा बढी संक्रमित