नेपालगञ्जमा कोरोना सहायता कक्ष स्थापना

२५ श्रावण २०७७, आईतवार १९:१२
 

लक्ष्मी तिमिल्सेना
सदरलाइनडटकम/नेपालगञ्ज : कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले सहायता कक्ष स्थापना गरेको छ । कोरानाबारे सचेतनाका लागि नेपालगञ्जको धम्बोझी र त्रिभुवन चोकमा आइतवार ‘सहायता कक्ष’ स्थापना गरेको हो ।
कोरोना भाइरसको संक्रमणको सचेतनाका लागि सहायता कक्ष सञ्चालन गरेको जिल्ला आपातकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरी बुढाथोकिले जानकारी दिए । नेपाल रेडक्रस सोसाईटी बाँके, स्वास्थ्य कार्यालय बाँके र सबै सुरक्षा निकायहरुको समन्वय तथा सहकार्यमा सहायता कक्ष स्थापना गरिएको उनले बताए ।
सर्वसाधारणको स्वास्थ्य सुरक्षामा राज्य र जिम्मेवार निकाय गम्भीर भएर लाग्नुपर्ने बताउँदै बुढाथोकिले कोरोना सचेतना सहायता कक्षले नागरिकको स्वास्थ्य सुरक्षामा थप मदत पुग्ने जिकिर गरे । नागरिकको स्वास्थ्य सुरक्षा पहिलो आवश्यकता भएकोले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमबाङको निर्देशनमा सहायता कक्ष स्थापना गरिएको बताउँदै उनले सोमवार फुल्टेक्रास्थित शिवमन्दिर चोकमासमेत सहायता कक्ष स्थापना गरिने जानकारी दिए ।
निषेधाज्ञा जारी भएको वेला जथाभावी हिंड्नेलाई कोरोनाबारे सचेतना दिनुका साथै कोरोना परीक्षण, अपनाउनुपर्ने साबधानी, मास्क वितरण तथा यसको महत्वका बारेमा जानकारी दिने उद्देश्यले सहायता कक्षा स्थापना गरिएको रेडक्रस सोसाईटी घरबारी टोल उपशाखा सचिव आशा थापा बिष्टले बताइन् ।

Next Post

कोरोनाका कारण मृत्यु भएकी महिलाको अन्तिम संस्कार गरियो

२५ श्रावण २०७७, आईतवार १९:१२
सदरलाइनडटकम, कोहलपुर (बाँके) : कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको अन्तिम संस्कार गरीएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारार्थ भर्ना भएकी कोहलपुर नगरपालिका वडा नं. २ की ७० वर्षीया महिलाको आइतवार दिउँसो ३ बजे मृत्यु भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अन्तिम संस्कार कार्यमा समेत सहभागिता […]