सिकलसेलबारे चेतना जगाउँदै कोहलपुर नगरपालिका

सदरलाइन संवाददाता १४ जेष्ठ २०८०, आईतवार १५:११
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले बंशाणुगत रोग सिकलसेल एनिमिया र थालेसेमियाका बारेमा गाउँ–गाउँमा चेतना जगाउन थालेको छ । थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल र थालेसेमिया रोग नियन्त्रणका लागि गाउँ–गाउँमा जनचेतना जगाउन नगरपालिकाले अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।

विज्ञ डाक्टर, जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोली गाउँ–गाउँमा पुगेर सिकलसेल एनिमिया र थालेसेमिया रोग के हो ? यसले पार्ने अल्पकालीन र दीर्घकालीन समस्या के हुन् ? थारु समुदायमै यो रोगको प्रभाव किन बढी ? यसको नियन्त्रण के हो ? लगायतका बारेमा समुदायलाई सुसूचित पार्ने काम गरिरहेको कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिए ।

कोहलपुर नगरपालिकाले सिकलसेल जाँच निःशुल्क गर्दै आएको छ । अहिलेसम्म पालिकाले करिब १५ हजार ब्यक्तिको सिकलसेल जाँच गरिसकेको छ । त्यसमा एक हजार बढी वाहक र एक सय बढी रोगी देखिएका ल्याव प्रमुख शिब गौतमले जानकारी दिए । पालिकाले थारु बाहुल बस्ती तथा टोलहरुमा यो रोगको बारेमा सचेतना फैलाउने काम गरिरहेको गौतमको भनाई छ ।

सिकलसेल एनिमिया विज्ञ डा. राजन पाण्डे, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. प्रज्ञा गौतम घिमिरे, नेपाल सिकलसेल समाजका अध्यक्ष प्रभु चौधरी लगायतको विज्ञ टोलीले सिकलसेल एनिमिया र थालेसेमिया रोगबारे प्रशिक्षण दिने गरेको छ ।


आज कोहलपुर नगरपालिका–८ थारुगाउँमा सिकलसेल एनिमिया तथा थालेसेमिया रोग सम्बन्धि प्रशिक्षण गरिएको छ । उक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले पालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले सिकलसेल एनिमिया र थालेसेमिया रोग बंशाणुगत भएकाले यसमो नियन्त्रणका लागि पालिकाले जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी गराइएको बताए ।

कुनै पनि मानिस उपचार अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने सवालमा पालिका चनाखो र गम्भीर रहेको उनको भनाई छ । उनले रोग नियन्त्रणका लागि सिकलसेल जाँच गराउन स्थानीयलाई आग्रह गरे। ञल्याव परिक्षणबाट मात्रै यो रोगलाई नियन्त्रण गर्न सकिन्छ उनले भने–ञकोहलपुर नगर अस्पतालमा आउनुहोस् निःशुल्क जाँच हुन्छ । आउन सक्नु भएन भने पनि खबर गर्नुस् हाम्रो स्वास्थ्यको टिम आएर जाँच गर्छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, वडा अध्यक्ष लालबहादुर राना, सामाजिक विकास समिति संयोजक इश्वरी विक, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सेन ठकुरी, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. घिमिरे, नेपाल सिकलसेल समाजका अध्यक्ष प्रभु चौधरी, कोहलपुर नगर अस्पतालका डा. गोबिन्द चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेशम चौधरीलाई सजाय माफी दिने अन्तिम तयारी

१४ जेष्ठ २०८०, आईतवार १५:११
काठमाण्डौ : सरकारले नागरिक उन्मुक्ती पार्टीका संस्थापक रेशम चौधरीलाई सजाय माफी दिने अन्तिम तयारी गरेको छ । उनी लगायतका कैदीहरुलाई गणतन्त्र दिवसका अवसरमा सोमबार सजाय माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहान बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषद्ले ५० […]