अविरल वर्षाले राप्ती नदी आसपासका बस्ती जोखिममा

सदरलाइन संवाददाता ३ असार २०७८, बिहीबार १५:४७
 

नेपालगञ्ज : केही दिनदेखिको अविरल वर्षाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानले क्षति पुर्याएको छ । वर्षापछि पहाडी जिल्लाका विभिन्न स्थानमा सडक भत्किनुका साथै पहिरो गएको छ । समथर क्षेत्रमा डुबान सुरु भएको छ ।

नारायणी र खहरे खोलामा आएको बाढीका कारण पश्चिम नवलपरासीमा २ सयभन्दा बढी घर डुबानमा परेका छन् । घर डुबानमा परेपछि स्थानीय तहले सर्वसाधारणलाई सुरक्षित स्थानमा सारेका छन् । बाँकेको राप्तीनदीमा पनि पानीको सहत बढेपछि तटिय क्षेत्रका तीन दर्जन बस्ती उच्च जोखिममा परेका छन् ।

राप्तीनदी पूर्व पर्ने मटेहिया, जमुनाह, भगवानपुर, सोनवर्षा, गंगापुरलगायतका दुई सय ६० घरका १ हजार ५ सय भन्दा बढी बासिन्दा उच्च जोखिममा परेका हुन् । त्यसैगरी लालपुर, धामपुर, रामपुर, गौरीगाउँ, महु, ललै, पटरिया, रिहारडाँडा, चिलहरिया, सुनपसरी, विनौनाजस्ता नदीपूर्वका वस्तिपनि जोखिममा छन् ।


खल्ला झगडिया, बसन्तपुर, पहाडीपुर, देउपुरा र प्रिपहवा गाउँपनि खतरामा छन् । नदी पूर्वका वस्ति र पश्चिमका प्रिपहवा, चौफेरीलगायतका ठाउँमा बाढी र डुवानको उच्च जोखिममा परेपछि विपद व्यवस्थापन समितिले बाँकेले उच्च सावधानी अपनाउन त्यहाँका नागरिकलाई अपिल गरेको छ ।

बाँकेका एसपी ओम राणाले ती क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए । यस्तै दाङको राप्तीनदीले तटिय क्षेत्रमा सयौं बिघा धान खेतमा क्षति पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तत्कालिन मध्य र सुदूरका बाह्र जिल्लालाई १२–१२ अक्सिजन कन्सन्ट्रेटर

३ असार २०७८, बिहीबार १५:४७
नेपालगञ्ज  :  कम्युनिटि पार्टनर ईन्टरनेशनल (सिपिआइ), एमआइटी ग्रुप र भृकुटी देबी ट्रष्टले तत्कालिन मध्य र सुदूर पश्चिमका १२ जिल्लामा कोभिड–१९ लगायतको संक्रमणको उपचारमा प्रयोग गर्न सजिलो बनाउने उदेश्यले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । कम्युनिटि पार्टनर ईन्टरनेशनल (सिपिआइ) दक्षिण एशिया प्रतिनिधि अनुप तिवारीले बाँके, बर्दिया, दाङ्ग, रोल्पा, जाजरकोट, बैतडी, बाजुरा […]