मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, तीन घाइते

सदरलाइन संवाददाता २५ मंसिर २०७७, बिहीबार १६:३०
 

धनगढी : कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि तीन जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका १९ का १९ बर्षीय पुरन बोहोराको उपचारका क्रममा नेपालगञज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका ३ को कुचैनीमा से १ प ५५७८ र से ६ प ३७११ को मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् । मृतक बोहरा से १ प ५५७८ नम्बरको मोटरसाइकलमा सवार थिए ।


त्यस्तै से १ प ५५७८ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका १७ का २१ रमेश बोहोराको कोहलपुरमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । से ६ प ३७११ को मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका १५ का २१ बर्षीय हुकुमसिंह खत्री र सोही मोटरसाइकलमा सवार २२ बर्षीय निलु चौधरीको पनि घाइते भएका छन् । घाइते दुई जनाको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Next Post

नेपालमा कोरोना भाइरसविरुद्ध खोप दिने तयारी

२५ मंसिर २०७७, बिहीबार १६:३०
काठमाण्डौ : नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा […]