नेपालगञ्जमा कशौधन बैश्य महिला मञ्चद्वारा डाँडिया प्रदर्शन

सदरलाइन संवाददाता २६ आश्विन २०८१, शनिबार १२:२३
 

नेपालगञ्ज  :  नवरात्राको निराहार ब्रतबसेका नेपालगञ्जका कशौधन बैश्य महिला मञ्च तथा मारवाडि महिलाहरुद्वारा नवमीको दिनराती नेपालगञ्जमा डाँडिया नाच प्रदर्शन गरेका छन् ।


नेपालगञ्जको त्रिभुवनचोक पूर्वपट्टि रहेको माता दुर्गाको पण्डालमा नवमीको होम सम्पन्न गरीसकेपछि मातालाई खुशी पार्नको लागि आफुहरुले डाँडिया नाच आयोजना गरेको कशैधन महिला मञ्चका सुशीला बैश्यले जानकारी दिईन ।

आफ्नै भेषभूषामा सजिएर देवीका विभिन्न भजनका गीतमा ताल मिलाउदै आफुहरु नाच्ने गरेको उनको भनाई छ । डाँडीया नाचका लागि अवधी प्रतिष्ठानको समेत सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको रामलिला मैदानमा गरियो रावणको बध

२६ आश्विन २०८१, शनिबार १२:२३
नेपालगञ्ज  :  नेपालगञ्जमा सञ्चालनमा रहेको १५७ औ रामलिलामा बडा दशैको दिनमा रावणको बध गरिएको छ । हिन्दू समुदायको बडा दशैको अवसरमा रामायणमा आधारित रामलिला अन्तरगत नेपालगञ्जको रामलिला मैदानमा सञ्चालन भएको रामलिलामा आज दशमीको दिनमा रावणको बध गरिएको हो । यो गत १५७ औ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको छ । भारतको […]