सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउपालिका वडानं. ५ मिलनचोकमा सञ्चालनमा रहेको ईकरा पोलिक्लिनिक तथा डाईगोनोसिस सेन्टरले सञ्चालनको सयदिन पुरा गरेको छ । सयदिन पुरा गर्दा करिव एक हजारले सेवा लिएको संस्थाले जनाएको छ ।
सो पोलिक्लिनिकका सञ्चालक मुस्लिम खाँले ग्रामिण क्षेत्रमा विशेषज्ञ सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याएको बताउदै उनले स्थापनाको सय दिन पुग्दै गर्दा ८ सय विरामीलाई सेवा दिएको जानकारी दिए ।
उनले नरैनापुर, राप्तीसोनारी, र डुडुवा गाउपालिकालाई लक्षित गरी सञ्चालन गरिएको पोलिक्लिनिकमा बालरोग, छाति, पेट, हाडजोर्नीको विशेषज्ञले सेवा दिने गरेको बताए ।
उनले स्थापनाको छोटो समयमा पनि ईकराबाट ल्यावमा २ सय ५१ जनाले सेवा लिएको र एक्सरेमा ५० जनालाई सेवा दिएको जानकारी दिए । ‘सुलभ र गुणस्तरिय स्वास्थ्य सेवा गाउ मै दिने उद्देश्यले पोलिक्लिनिक सञ्चालनमा ल्याईएको हो उद्देश्य अनुसार सेवा विस्तार पनि गर्दै लैजाने सोचमा छौ’–उनले भने ।