बाँकेमा ३ संक्रमित थपिए, ३ डिस्चार्ज

सदरलाइन संवाददाता ९ पुष २०७८, शुक्रबार १४:३०
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ४९ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १३ नमुना परीक्षण गर्दा १ जना, मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा ११ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् भने १ जना दाङका हुन् । बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ९३ रहेको छ ।

यस्तै ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ३८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवामा अत्याधुनिक कोल्ड स्टोरको निर्माण कार्य तीब्र

९ पुष २०७८, शुक्रबार १४:३०
नेपालगञ्ज : बाँकेको डुडुवा गाँउपालिकामा अत्याधुनिक कोल्ड स्टोरको निर्माण कार्य तीब्ररुपमा भईरहेको छ । दोस्रो ठुलो योजनाको रुपमा रहेको डुडुवा गाउँपालिका–६ हिरमिनियामा निर्माण हुदैँ गरेको अत्याधुनिक कोल्ड स्टोरको क्षमता ७०० मेट्रिक टन रहने बताइएको छ । करिब एक महिना अगाडी पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले एक कार्यक्रम बीच उक्त कोल्ड […]

सम्बन्धित