रोजगारीमा सहयोग गर्ने अभिभावकको प्रतिवद्धता

सदरलाइन संवाददाता ५ जेष्ठ २०८०, शुक्रबार १२:५०
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दिया ठाकुरबाबाका युवा महिलालाई रोजगारी र व्यवसायमा लगाउन अभिभावकलाई सहयोगी र सकारात्मक बनाउने उदेशयले संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलालाई रोजगारी र व्यवसायमा लाग्न घर परिवारबाट सहयोग र समर्थनका लागि संवाद कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो ।

उक्त संवादपछि युवा महिलालाई रोजगारी गर्न सहज हुने र अभिभावकबाट सकारात्मक सहयोगको प्रतिवद्धता गरिएकोले उनिहरु आत्मनिर्भर बन्ने पर्ल परियोजना संयोजक गोविन्द लामिछानेले बताए ।

सो संवाद कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका शिक्षा शाखा प्रमुख सिता आचार्यले शिक्षा र सिपले मात्रै महिलालाई आर्थिक रुपमा शसक्त बनाउने तथा आत्मनिर्भरता ल्याउने बताइन् । उनले विभिन्न सिप सिकेर रोजगारी गर्न चाहनेलाई अभिभावकले सहयोग र समर्थन गर्नुपर्नेमा जोड दिइन् ।


नगरपालिकाका योजना प्रमुख अनन्तराज सुवेदीले युवा महिलाको आर्थिक शसक्तिकरण र जिविकोपार्जनलाई पालिकाले विशेष प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याउने बताए ।

संवाद कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख गोगनसरा आचार्य र सुचना अधिकृत मन्दिप मल्ल समेतको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा उक्त नगरपालिकाका ३५ जना अभिभावक, ३५ जना युवा महिला र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संवादको सहजिकरण निरज न्यौपानेले गरेका थिए ।

कार्यक्रममा सहभागि युवा महिला सुभम चौधरीले संवादमा अभिभावकले गरेको प्रतिवद्धतापछि रोजगारी र व्यवसायमा लाग्न निकै सहज हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकार र पत्रकारको सहकार्यले मात्र लोकतन्त्र बलियो हुन्छ : ब्रजेश पाठक उपमुख्यमन्त्री युपी

५ जेष्ठ २०८०, शुक्रबार १२:५०
आगरा (भारत) : उत्तर प्रदेश सरकारका उपमुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ भएको बताएका छन् । ‘सत्ता र पत्रकारिताबीचको खाडल हटाएर लोकतन्त्र बलियो बनाउनुपर्छ, तब मात्र देश र राज्यको उन्नति सम्भव छ’– उनको भनाई थियो । प्रेस क्लब अफ आगरा र उत्तर प्रदेश पत्रकार संघको आयोजना र सार्क जर्नलिस्ट्स […]