सरकार र पत्रकारको सहकार्यले मात्र लोकतन्त्र बलियो हुन्छ : ब्रजेश पाठक उपमुख्यमन्त्री युपी

सदरलाइन संवाददाता ५ जेष्ठ २०८०, शुक्रबार १८:२८
 

आगरा (भारत) : उत्तर प्रदेश सरकारका उपमुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ भएको बताएका छन् । ‘सत्ता र पत्रकारिताबीचको खाडल हटाएर लोकतन्त्र बलियो बनाउनुपर्छ, तब मात्र देश र राज्यको उन्नति सम्भव छ’– उनको भनाई थियो ।


प्रेस क्लब अफ आगरा र उत्तर प्रदेश पत्रकार संघको आयोजना र सार्क जर्नलिस्ट्स फोरमको सहयोगमाा आयोजित इन्डो–नेपाल–बंगलादेश मिडिया कन्क्लेभ–२०२३ मा उपमुख्यमन्त्री पाठकले भिडियो सन्देशमार्फत यस्तो धारणा व्यक्त गरेका हुन ।

आगरको होटल क्लार्क शिराजमा भएको सम्मेलनमा सार्क जर्नालिष्ट फोरमका अध्यक्ष राजु लामाको नेतृत्वमा भारत, नेपाल र बंगलादेशका ४ सय भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो । कन्क्लेभको विषय ‘समसामयिक परिदृष्यमा मिडियाका चुनौती र समाधान’ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘पत्रकारले पारदर्शिताका साथ सकारात्मक समाचार दिनु उसको कर्तव्य हो’

५ जेष्ठ २०८०, शुक्रबार १८:२८
  आगरा (भारत) : भारतीय सरकारका कानून तथा न्याय राज्यमन्त्री प्रा. एसपी सिंह बघेलले प्रतिस्पर्धा र टीआरपीका कारण कतिपय समाचार आधा अपूर्ण वा तथ्यविहीन प्रसारण र प्रकाशन हुने गरेकाले त्यसले समाजमा गलत असर पर्ने गरेको टिप्पणी गरेका छन् । उनले भारतको आगरामा प्रेस क्लब अफ आगरा, उत्तर प्रदेश पत्रकार संघको […]