अफगानिस्तानको तालिवान समूह र अमेरिकाबीच शान्ति सम्झौता हुँदै

१७ फाल्गुन २०७६, शनिबार १४:२१
 

सदरलाइनडटकम,
काठमाण्डौ : अफगानिस्तानको विद्रोही समूह तालिवान र अमेरिकाबीच शनिवार शान्ति सम्झौता हुँदैछ । कतारको राजधानी दोहामा हुने कार्यक्रममा दुवै पक्षले सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । एक हप्ताअघि नै अमेरिका, अफगानस्तानका सुरक्षाकर्मी र तालिवानबीच आक्रमण नगर्ने समझदारी भएको थियो ।
शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा १८ वर्ष लामो युद्ध अन्त्य हुने आशा गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् अमेरिकाको पेन्टागनमा रहेका जुम्ल्याहा भवनमा आक्रमण भएपछि अमेरिकाले २००१ मा अफगानिस्तान सरकारलाई सैन्य लगायत सहयोग गर्दै तालिवान लडाकुविरुद्ध आक्रमण शुरु गरेको थियो ।
अमेरिकाले नै तालिवानसँग सम्झौता गर्न लागेको हो । दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएपछि आजै अफगानिस्तानको राजधानी काबुलमा युद्धविरामको संयुक्त घोषणा हुने बीबीसीले जनाएको छ । घोषणासभापछि मात्रै अफगान राष्ट्रपति घानीले नयाँ कार्यकालका लागि पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ । (एजेन्सी)

Next Post

नेपाल मलेशियासँग २२ रनले पराजित

१७ फाल्गुन २०७६, शनिबार १४:२१
सदरलाइनडटकम, काठमाण्डौ : एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमै पराजित भएको छ । नेपाल शनिवार थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा मलेशियासँग २२ रनले पराजित भएको हो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल २ बल बाँकी छदै १३२ रनमा रोकिन पुग्यो । पाँच टिम सहभागी यो प्रतियोगिता लिगका […]