‘मोहम्मद डे’मा मतमाग्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार

१६ मंसिर २०७४, शनिबार १७:४५
 

सदरलाइनडटकम
१६ मंसिर, नेपालगन्ज : लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले मुस्लिम समुदायले मनाईरहेको मोहम्मद डे का अवसरमा समुदायसंगै पर्व मनाउदै मतमाग्दै गरेका छन् ।
लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ क का उम्मेदवार निरन्जनसिंह सिजापति र प्रदेश सभा–२ ख का उम्मेदवार सुरेन्द्र हमाल शनिबार मुस्लिम समुदायको घर–घरमा पुगेर शुभकामना साटासाट गर्दै मत समेत मागेका छन् ।
पर्वका अवसरमा समुदायले नेपालगन्ज बजारमा निकालेको बृहत ¥यालीमा सहभागिता जनाउदै लोकतान्त्रिक गठबन्धनका तिनै जना उम्मेदवार नेपालगन्ज उप–महानगरपालिकाका मेयर एवम् राप्रपा महामन्त्री डा. धवलसम्शेर राणा, उपमेयर उमा थापामगर लगायत लोकतान्त्रिक गठबन्धनमा आवद्ध नेपाली काँग्रेस र राप्रपाका नेता, कार्यकर्ताले मत मागेका थिए ।
सो क्रममा बोल्दै जामा मस्जिद ईदगाह सञ्चालक समितिका पुर्वमहासचिव ईसरत अलि मुकेरी, निर्वतमान सांसद अब्दुल हमिद सिद्धिकी(भोला)ले लोकतान्त्रिक गठबन्धनका पक्षमा मतदान गर्न आव्हान गरेका थिए ।


 

Next Post

नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार रेखादेवी मिश्र नै एमालेमा प्रवेश (भिडियो सहित)

१६ मंसिर २०७४, शनिबार १७:४५
सदरलाइनडटकम १६ मंसिर, नेपालगन्ज  : नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवारले निर्वाचनको मिति भन्दा ५ दिन अगागि आफ्नो उम्मेदवारी त्यागेको घोषणा गर्दै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेकी छन् । बाँके क्षेत्रनं २ प्रदेश सभा ‘क’ की प्रत्यक्ष उम्मेदवार रेखादेवी मिश्रले आफ्नो उम्मेदवारी त्याग्दै कार्यकर्तासहित एमालेमा प्रवेश गरेकी हुन् । चुनाव […]