तुलसीपुर १६ बालश्रम मुक्त वडा घोषणा

सदरलाइन संवाददाता २७ बैशाख २०८०, बुधबार १५:३१
 

दाङ : तुलसीपुर उपमहानगरपालिका वडा १६ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । सो वडामा प्रारम्भिक सर्वेक्षणमा ३५ जना बालबालिका श्रममा रहेका थिए । तीमध्ये ३० जना बालबालिकालाई तत्काल परिवारमै पुनर्स्थापना गरिएको छ ।

पाँच जना बालबालिकालाई ती बालबालिकाका परिवारलाई आर्थिक रूपमा सबल बनाउन जीविकोपार्जनका कार्यमा संलग्न गरिएको थियो । वडा १६ का वडाध्यक्ष शिवानन्द डाँगीले ती पाँच जना बालबालिकालाई अध्ययनका लागि आवश्यक सामग्री उपलब्ध गराएर विद्यालयमा भर्ना गरिएको बताए ।

तुलसीपुर उपमहानगरपालिकाको वडा १, २, ६ र १८ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले पालिकालाई नै बालमैत्री घोषणाको तयारी गरिएको बताए । बालमैत्री घोषणाका लागि ५१ सूचकमध्ये बालश्रम मुक्त एउटा सूचक हो ।


नगरप्रमुख टीकाराम खड्काले बालश्रम मुक्त वडा घोषणा गरेका हुन् । नगरप्रमुख टीकाराम खड्काले बाल शोषण, श्रम र हिंसा अपराध भएकाले सबैको सहयोग, सहकार्यबाट नै सभ्य समाज निर्माणका लागि बालमैत्री नगर घोषणाको तयारी अघि बढाइएको बताए ।

उनले सबै बालबालिकालाई विद्यालयसम्म लग्ने वातावरण तयार गरिने बताए । उपप्रमुख स्यानी चौधरीले शिक्षालाई अनिवार्य, निःशुल्क र सर्वसुलभ बनाउन सदैव तत्पर रहेको बताइन् । कार्यक्रममा बालश्रम मुक्त वडा घोषणा गर्न सहयोग गर्ने सबै टोल विकास संस्था, विद्यालय, सङ्घ संस्थालाई सम्मानपत्र प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुष्ठरोग निवारण अभियानमा बाँकेका स्थानीय तह प्रतिबद्ध

२७ बैशाख २०८०, बुधबार १५:३१
नेपालगञ्ज : बाँकेमा बढ्दो मात्रामा रहेको कुष्ठरोग निवारण अभियानमा बाँकेका स्थानीय तहले चासो देखाएका छन् । सन् २०३० सम्ममा कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने नेपाल सरकारको लक्ष्यलाई साथ दिन स्थानीय सरकारले आगामी आर्थिक वर्षदेखि बजेट विनियोजनसँगै आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् । कुष्ठरोगमुक्त समाज निर्माणका लागि नेपाल सरकारले अगाडि सारेको […]