बाँकेमा बेवारिसे सवारीसाधनको लिलामी प्रक्रिया अगाडी बढाइयो

सदरलाइन संवाददाता २६ माघ २०८०, शुक्रबार १७:१९
 

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले लामो समयपछि बेवारिसे सवारी साधनहरुको लिलामी प्रक्रिया अगाडी बढाएको छ । विभिन्न समयमा जफत गरि विभिन्न प्रहरी इकाईहरुमा थन्किएका एक सय ४० थान मोटरसाइकलको लिलाम विक्री प्रक्रिया अगाडी बढाएको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जिल्ला प्रहरी तथा मातहतका प्रहरी इकाईहरुमा रहेका विभिन्न समयमा विविध कारणले नियन्त्रणमा लिइएका स्वामित्व नखुलेका तथा कागजपत्र नभेटिएका पुराना सवारी साधनहरुको कानुनी प्रक्रिया पुरा व्यवस्थापन गर्नुपर्ने भएकोले लिलाम सूचना प्रकाशित गरी प्रक्रिया अगाडी बढाएको बताए । उनले सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री सम्बन्धी कार्यविधि २०७९ को परिच्छेद ३ को दफा २० बमोजिम लिलाम बिक्री प्रक्रिया थालिएको बताए ।


माघ २५ गतेदेखि लागू हुनेगरी १५ दिने लिलाम बिक्रीको सार्वजनिक सूचना प्रकाशित गरिएको बाँके प्रहरीले जनाएको छ । बाँके प्रहरीका विभिन्न इकाईहरुमा समयसमयमा बरामद गरिएका सयौं मोटरसाइकलहरु बेवारिसे अवस्थामा छन् । बरामद गरि लामो समयसम्म थन्काएर राख्दा कतिपय मोटरसाइकहरु कवाडी बनिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिमाली र पहाडी जिल्लामा आयोडिन नुन खानेको संख्यामा बृद्धि

२६ माघ २०८०, शुक्रबार १७:१९
नेपालगञ्ज : पश्चिम नेपालका हिमाली र पहाडी जिल्लामा समेत आयोडिनयुक्त नुनको सेवन गर्नेहरु बढ्दै गएको छ । आयोजिन नुन खानेको संख्या ९० प्रतिशत पुगेको नेपालगञ्जमा आयोजित एक कार्यक्रममा जनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले शुक्रबारे आयोजना गरेको कार्यक्रममा साल्ट साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नेपालगञ्जका प्रमुख मनोज चौधरीले पछिल्ला वर्षमा […]