प्रजिअको नेतृत्वमा बाँकेको राप्तीसोनारीमा नदीजन्य पदार्थको स्थलगत अनुगमन

सदरलाइन संवाददाता ७ चैत्र २०८०, बुधबार १६:२८
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउपालिकाका विभिन्न खोलाहरु तथा राप्ती नदीबाट नदीजन्य पदार्थको अबैध उत्खनन तथा चोरी निकासीको जनगुनासो आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा स्थलगत अनुगमन गरिएको छ ।

प्रजिअ पोखरेललको नेतृत्वमा आन्तरिक राजस्व कार्यालय, जिल्लाका सुरक्षा निकायलगायतको टोलीले राप्तीसोनारी–२ को मुगुवाखोला क्षेत्रमा नदीजन्य पदार्थको उत्खननको अवस्थाको बारेमा स्थलगत अनुगमन गरिएको हो ।

राप्तिसोनारी गाउँपालिकाले जनताको तटबन्ध कार्यक्रमको लागि सिधै राजस्व लिएर नदिजन्य पदार्थहरू दिएको भन्ने कुरा आएपछि त्यसमा दुरुपयोग भएको, वातावरणीय प्रभाव विश्लेषण प्रतिवेदनको पालना नभएको जस्ताकुराहरु चर्चामा आएपछि आफुहरु अनुगमनमा आएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।


उनले प्रारम्भिक रुपमा स्थलगत हेर्दा नदीजन्य पदार्थको उत्खननमा ठूलो विनाश भएको अवस्था नदेखिएको र नदी जन्य पदार्थ आवश्यकता अनुसारको उत्खनन गर्न नसकिएको अवस्था देखिएको बताए ।

बाँकेमा नदीजन्य पदार्थको लागि राप्तीसोनारी, डुडुवा, बैजनाथ गाउपालिका परिचित रहेका छन । राप्तीसोनारी गाउपालिकाका प्रमुख प्रशाखकिय अधिकृत ओमप्रकाश देवकोटाले नदीजन्य पदार्थ उत्खनन तथा बिक्रि बितरणमा अमानतमा वा चोरी निकासी हुने गरेको कारण पनि जनमानसको चासोको विषय हुने भएपनि राप्तीसोनारी गाउपालिकाले आवश्यक राजस्व लिएर नियमानुसार टेण्डर गर िईजाजत दिएको बताए ।

उनले नदीजन्य पदार्थमा राप्ती सोनारी गाउपालिका जिल्लाकै सबैभन्दा बढी नदीजन्य पदार्थ उत्सर्जन गर्ने पालिका भएको कारणले पनि सबैको चासो हुनु स्वभाविकै रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस बाँकेले सम्झियो पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसादलाई

७ चैत्र २०८०, बुधबार १६:२८
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसको अवसर पारेर भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीलाई फलफूल वितरण गरेको छ । फलफूल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीले नेपाली राजनीतिमा कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गर्दै उनलाई […]

सम्बन्धित