जाजरकाेटमा बालिका बलत्कारको आरोपमा एक जना पक्राउ

१६ श्रावण २०७५, बुधबार १७:४८
 

जाजरकोट, १३ वर्षिया वालिकालाइ जवरजस्ती करणी गरेको आरोपमा जाजरकाेटका एक युवक पक्राउ परेका छन् । भेरी नगरपालिका २ की ९ कक्षामा पढने वालिका लाइ जवरजस्ती करणी गरेको आरोपमा भेरी नगरपालिका ४ वोहराका ३३ वर्षिय सवीन चन्दलाइ प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न सोहि ठाउँका रुपक चन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ । मोवाइल पैसा र घडी दिन्छु भन्दै सुरुमा फकाउदै र पछि नमानेपछि मारिदिने धम्की दिएर दुइ दिन सम्म स्थानीय होटेलमा लिएर जवरजस्ती करणी गरेको भन्दै पिडित वालिकाका अभिभावकले प्रहरीमा दिएको लिखित जाहेरीका आधारमा चन्दलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत सुनारले वताए ।

उनले जवरजस्ती करणीका आरोपी चन्दलाइ कानुन अनुसार मुद्धा चलाउने प्रक्रिया सुरु गरिसकिएको वताए । घटनामा ती वालिका संगै उनकी आमाकी आफनै वहिनी १५ वर्षिया अर्की वालिकालाइ पनि जवरजस्ती करणी गरेको आरोप लागेका सोहि ठाउँका रुपक चन्दको व्यापक खोजी भइरहेको प्रहरी निरीक्षक सुनारले वताए । होटेलको कोठामा जवरजस्ती करणी गरिएकी १३ वर्षिया वालिकाको अभिभावकले दिएको जाहेरीका आधारमा एक जना पक्राउ परिसकेको र अर्का एक जनाको खोजी भइरहेको प्रहरी निरीक्षक सुनारले वताए ।

अन्टीको पढाइका लागि वस्ने कोठा खोज्न खलंगा आएकी आफुलाइ साउन ७ गते राति खलंगा वजारको शान्ति चौतारा स्थित एक होटेलमा वस्ने कोठा खोजिदिने भन्दै दुइ दिन सम्म जवरजस्ती करणी गरेको पिडित वालिकाले वताइन् । सुरुमा लोभ र पछि धम्की दिएर आफुलाइ जवरजस्ती गरेको पिडित वालिकाको भनाइ छ । १३ वर्षिया वालिकाले पैसा, मोवाइ र घडीको लोभ तथा धम्की दिएर आफुलाइ दुइ दिन सम्म जवरजस्ती करणी गरेको र १५ वर्षिया वालिकाले भने विहे गर्छु भन्दै रुपक चन्दले जवरजस्ती गरेको वताइन् ।


९ कक्षामा पढ्दै गरेकी ती वालिका आमाकी वहिनी संग वजारमा आएको वेला पिडकहरु सवीन र रुपकले होटेलको कोठामा लिएको पिडित वालिकाहरुले प्रहरी समक्ष वताएकी छिन् । पिडित वालिकाका अभिभावकहरुले आफुलाइ चारैतिरवाट मुद्धा नदिन र मिलापत्र गर्न दवाव आइरहेको र आफनी पिडित छोरीहरुको न्यायको लागि भने कसैले साथ नदिएको गुनासो गरेका छन् ।

घरवाट निस्किएकी छोरी दुइ दिन सम्म नआएपछि प्रहरीलाइ खवर गरेको र प्रहरीले खोज्दै जाने क्रममा होटेलको कोठामा छोरीहरु वलात्कृत अवस्थामा भेटिएको पिडित १३ वर्षिया वालिकाका वुवाको भनाइ छ । आफनी नावालिका छोरी माथि वलत्कार गर्ने अपराधीलाइ जसरी पनि कारवाहि हुनु पर्ने भन्दै प्रहरीमा उजुरी गर्न जाँदा विभिन्न खालका प्रलोभन र धम्की दिएर मुद्धा नदिइ मिलापत्र गर्न विभिन्न व्यक्तिहरुले दवाव दिएको १३ वर्षिया वालिकाका वुवाले गुनासो गरे ।

आफुले जन्माएकी छोरीलाइ होटेलको कोठामा थुनेर वलत्कार गरिएको छ, यस्तो अवस्थामा समाजका गन्यमान्य व्यक्तिहरुले कुरा मिलाउ भनिरहेका छन् अव म के गरौं? उनले रुदै भने । उनका अनुसार मुद्धा लेखन र उजुरीका क्रममा धेरै व्यक्तिहरुले मुद्धा नदिन दवाव दिएको वताए । उनले आफनी छोरीलाइ न्याय दिने भन्दा अपराधीलाइ वचाउन धेरै व्यक्तिहरु लागि परेको भन्दै दुखेसो गरे । अर्की पिडित १५ वर्षिया वालिका की आमाले छोरीको लागि मुद्दा लड्न धेरै पैसा लाग्ने भन्दै आफुलाइ मुद्धा नदिन दवाव दिएको वताइन् । मेरो जोरा (श्रीमान) हुनु हुन्न मेरी छोरीको लागि कसले लडिदिन्छ र ?उनले रुदै भनिन् ।

Next Post

भारतको दिल्लीबाट ठूलो संख्यामा नेपाली महिलाको उद्धार

१६ श्रावण २०७५, बुधबार १७:४८
सदरलाइनडटकम   नेपालगन्ज  : भारतको दिल्लीस्थित पहाडगञ्जबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगको सहयोगमा पहाडगञ्जबाट ३९ नेपाली महिलाको बुधवार उद्धार गरिएको दिल्ली महिला आयोगले जनाएको छ । यति धेरै संख्यामा भारतबाट उद्धार गरिएको महिला सम्भवतः पहिलो पटक हो । यसअघि मंगलबार मात्रै भारत कै मैदानगढीबाट प्रहरीले १९ […]