सदरलाइनडटकम,
काठमाण्डौ : शनिवारदेखि देशका अधिकाँश स्थानहरुमा मौसम सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आंशिक तथा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै पहाडी भूभागका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले सोमवारसम्म देशका धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको बताएको छ । देशको केही स्थानहरुमा मेघ गर्जनसहितको वर्षा हुने र चट्याङ पर्ने सम्भावना रहेकोले सतर्क रहन महाशाखाले सचेत गराएको छ । त्यस्तै भारी वर्षाको सम्भावना रहँदा यात्रा गर्दा पनि सतर्क रहन सुझाएको छ ।
