कोरोनाबाट तरुण दलका नेता खड्काको निधन

सदरलाइन संवाददाता ३२ श्रावण २०७८, सोमबार १३:४३
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बैजनाथ गाउँपालिका पालिका वडा नम्बर १ बाँकेका ३० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

मृतक पुरुष नेपाली कांग्रेसका सक्रिय सदस्य एबम् नेपाल तरुण दल बाँकेका युवा नेता राज खड्का हुन् । नेता खड्का अस्वस्थ भएपछि पिसीआर जाँच पश्चात् साउन १७ गते कोरोना पुष्टि भएपछि त्यसै दिन भेरी अस्पतालमा भर्ना भएका उनको आइतबार राती पौने १२ बजे मृत्यु भएको हो ।


यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २५ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ८७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवार ३१ जना संक्रमित थपिए

३२ श्रावण २०७८, सोमबार १३:४३
नेपालगञ्ज : बाँकेमा सोमवार थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १५७ नमुना परीक्षण गर्दा ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा १९, मेडिकल कलेज कोहलपुरमा ८ र बागेश्वरी प्रयोगशालामा ४ जना गरि थप ३१ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड ब्यबस्थापन […]