कोहलपुरमा सोमवार सार्वजनिक बिदा

सदरलाइन संवाददाता २५ बैशाख २०८०, सोमबार १२:५९
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाको १०औं स्थापना दिवसको अवसरमा सोमवार सार्वजनिक विदा दिएको छ ।

नगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिएको हो । कोहलपुर नगरपालिकाले आफ्नो स्थापना दिवसमा पहिलो पटक सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाको कार्यपालिकाको बैशाख २४ गते बसेको बैठकको निर्णयानुसार कोहलपुर नगरपालिकाको स्थापना दिवसको अवसरमा बैशाख २५ गते कोहलपुर स्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था एवम् सार्वजनिक निकायहरु सार्वजनिक विदा दिने सूचना गरिएको कोहलपुर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १४ का वडा अध्यक्ष नम बहादुर आले मगरले जानकारी दिए ।


कोहलपुर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १४ का वडा अध्यक्ष आले मगरका अनुसार सार्वजनिक विदा भएपनि नगरपालिकाले दिने आकस्मिक एवम् अत्यावश्यकीय कार्यहरु सूचारु हुने बताए ।

वि.स. २०७१ वैशाख २५ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम औपचारिक रुपमा साविकको कोहलपुर गाविस र रझेना गाविस वि.सं. २०७१ ज्येष्ठ ७ का दिन गाभिएर यस कोहलपुर नगरपालिकाको स्थापना भएको हो । पछि समसेरगञ्ज गाविसको केही भाग वि.सं. २०७३ मा कोहलपुर नगरपालिकामा समायोजन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गर्मीका कारण बाँकेलगायत आसपासको जनजीवन प्रभावित

२५ बैशाख २०८०, सोमबार १२:५९
नेपालगञ्ज : तराई मधेशका बाँकेलगायतका जिल्लामा तापमान ३२ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीका कारण तापक्रम बढ्दै जाँदा तराई मधेशमा जनजीवन प्रभावित बनेको हो । नेपालगञ्जको ३२ दशमलव ३ डिग्री सेल्सियस ताप मापन गरिएको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । देशका तराई, मधेश तथा […]