प्रेस चौतारी नेपाल रामेछापद्वारा विपदमा परेकी महिला पत्रकारलाई आर्थिक सहयोग

सदरलाइन संवाददाता ९ भाद्र २०८१, आईतवार १९:२३
 

रामेछाप : प्रेस चौतारी नेपाल रामेछापले रामेछापमा बाढी पहिरोका कारण घर भत्किएर समस्यामा परेकी एक पत्रकारलाई आर्थिक सहयोग गरेको छ ।

अविरल वर्षाको कारण घर भत्किएर आफन्तको घरमा बस्दै आएकी पत्रकार झर्ना खड्काको परिवारलाई प्रेस चौतारी नेपाल रामेछापले आर्थिक सहयोग गरेको हो । चौतारीले सदस्यहरूको बिचबाट स्वैच्छिक सहयोग सङ्कलन गरी खड्कालाई ११ हजार ४ सय रुपैँया प्रदान गरेको छ ।

सङ्कलित रकम प्रेस चौतारी रामेछापले आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज नवराज पथिकले आइतबार खड्कालाई हस्तान्तरण गरेका हुन ।


कार्यक्रममा प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले आपत् परेको बेला एकाकार हुन संस्थाको तर्फबाट सहयोग गरिएको बताए । उनले सहयोग सानो भए पनि अत्मियताको हिसाबले ठुलो भएको स्पष्ट पारे ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय प्रतिनिधि, वाग्मती प्रदेश सदस्य, जिल्लाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
गत साउन १६ गतेको वर्षाको कारण खड्काको रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ मा रहेको घर भत्किएको थियो । घर भत्किए पछि खड्काको परिवार आफन्तको घरमा बस्दै आएका छन् ।

सहयोगको लागि स्थानीय सरकारलाई बारम्बार अनुरोध गर्दा पनि कुनै सहयोग नपाएको खड्काले बताईन । पत्रकारहरूले गरेको सहयोगले आफ्नो आत्मबल बढेको उनले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्माण व्यवसायीलाई मुख्यमन्त्रीको निर्देशन : प्राप्त गरेको जिम्मेवारी पुरा गर्नुहोस

९ भाद्र २०८१, आईतवार १९:२३
दाङ  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कामको जिम्मेवारी लिने तर, पुरा नगर्ने प्रवृत्तिले समस्या निम्तिएको बताएका छन् । नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेसन उद्घाटन गदै सो कुरा बताएका हुन । उनले निर्माण व्यवसायीले आफुले लिएको जिम्मेवारी समयमा पूरा नगर्दा जटिलताहरु देखिएको भन्दै समयमा जिम्मेवारी पुरा […]