सदरलाइनडटकम,
काठमाण्डौ : खोटाङ सदरमुकाम दिक्तेलबाट धरानतर्फ जाँदै गरेको एउटा यात्रुवाहक बस बुधवार बिहान दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । को १ ख ६३२० नम्बरको यात्रुबस खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० बिजुलेस्थित कामीडाँडामा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घाइतेहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल खोटाङ लगिएको छ । बसमा चालकसहित १५ जना सवार थिए । दुर्घटनापछि बस चालक भागेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
