सदरलाइनडटकम,
डुडुवा (बाँके) : नेपालबाट अवैधरुपमा भारत निकासी गर्न लागिएको प्रतिबन्धित जडीबुटी सशस्त्र प्रहरुले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल वोर्डर आउट पोष्ट (विओपी) कालाबञ्जरले प्रतिवन्धित जडिवुटी नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी निरीक्षक गणेशकुमार सिँहको नेतृत्वमा गएको गस्ती टोलीले डुडुवा गाउँपालिका वडा नं. १ नयाँबस्तीबाट ७५ किलो प्रतिबन्धित जडीबुटी जटामसी बरामद गरेको सशस्त्र प्रहरुले जनाएको छ । गस्ती टोलीले भारतीय नम्वर प्लेटको मोटरसाइकलसमेत बरामद गरेको छ ।
गस्ती टोलीलाई देखेपछि तस्करहरु मोटरसाइकल छाडेर भागेको बिओपी कालाबञ्जरका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक गणेशकुमार सिंहले बताए । बरामद गरिएको जटामसी र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको उनले जानकारी दिए । सरकारले हाल जटामसी विक्रि, वितरण र संकलनमा रोक लगाएको छ ।
