नरैनापुरमा मेलमिलापकर्ता तालिम सम्पन्न

सदरलाइन संवाददाता २० असार २०७८, आईतवार १२:०७
 


नरैनापुर (बाँके) :  बाँकेको नरैनापुर गाउँपालिकाद्वारा मेलमिलापकर्ताहरुका लागि आयोजित तीन दिने पुनरताजगी तालिम सम्पन्न भएको छ । जनअधिकार संरक्षण मंच नेपालको प्राविधिक सहयोगमा संचालित तालिमको समापन गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रीवास्तवले यस प्रकारको तालिमले गाउपालिकामा हुने स–साना बिबाद समाधानको लागि दक्ष मेलमिलापकर्ता उत्पादनमा सहयोग पुग्ने भन्दै आगामी दिनमा पनि तालिमलाई निरन्तरता दिइने बताईन् ।


न्यायिक समितिका उजुरी प्रशासक कुलरत्न श्रीवास्तवको सभापतित्वमा भएको समापन कार्यक्रमको संचालन न्यायिक समितिका कार्यालय सहायक रामबालक पासीले गरेका थिए । तालिम समापन गर्दै उजुरी प्रशासक श्रीवास्तवले गाउँपालिकाको १, २ र ३ नम्बर वडामा थप जनशक्ति उत्पादन गरी नरैनापुरमा न्यायिक कार्यलाई छिटो छरितो सम्पादन गर्न मेलमिलापमा जोड दिइने बताए ।

२५ जना सहभागी भएको तालिममा प्रमुख प्रशिक्षकमा अधिवक्ता भानुभक्त रिजाल तथा प्रशिक्षकहरुमा अधिवक्ताहरु झबिन्द्रप्रसाद पौडेल, बलबहादुर चन्द र प्रभाकर भट्टराई रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

२० असार २०७८, आईतवार १२:०७
बैतडी : सिगास गाउँपालिका–३ लगनमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । आइबार बिहान भएको दुर्घटनामा १० जना घाइते भएका छन्। जसमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । मृत्यु हुनेमा सिगास–३ का […]

सम्बन्धित