आज मध्यरातिबाट मौन अवधि : के गर्न पाइन्छ, के पाइन्न ?

सदरलाइन संवाददाता २७ बैशाख २०७९, मंगलवार १०:४९
 

 

नेपालगञ्ज  :  स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख गते शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसारका सामग्री हटाउन निर्देशन दिएको
छ ।

निर्वाचनको मौन अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ । सामाजिक सञ्जालमा रहेका आचारसंहिताविपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ ।

नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने निर्णय सरकारले गरेको छ । एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन् ।


निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैन ?

–मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने

–निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने

– मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने

– एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने

–मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीले फेला पारेको गरगहनासहितको झोला धनिलाई बुझायो

२७ बैशाख २०७९, मंगलवार १०:४९
नेपालगञ्ज : प्रहरीले हराएको झोला, नगद तथा गरगहना फेला परि धनिलाई बुझाएको छ । बढैयाताल गाँउपालिका वडा नं.३ सिमरा वर्ष ५४ कि देवी सापकोटा सोमबार पोखरादेखि नेपालगञ्ज आउने क्रममा नगदसहितको अन्दाजी १० तोला बराबरको सुनको गरगहना हराएको थियो । सामान हराएको भनि जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराए लगतै खटिएको […]