कोहलपुरमा त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको भवन शिलान्यास

सदरलाइन संवाददाता २० बैशाख २०८०, बुधबार १२:३७
 

नेपालगञ्ज : कोहलपुरमा त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको भवन शिलान्यास गरिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ मा बन्न लागेको भवनको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले शिलान्यास गरेका हुन् ।


त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीको सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष हरिसिंह कठायत लगायत बाँके र बर्दियाका २५ बढी क्याम्पसका क्याम्पस प्रमुखहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका सह–परीक्षा नियन्त्रक सुमन गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा तीनपटक म्याद थप्दा पनि चार लेन सडक बनेन

२० बैशाख २०८०, बुधबार १२:३७
खजुरा (बाँके) : खजुरामा निर्माणाधीन चार लेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन । बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर हालसम्म तीनपटक म्याद […]