नेपालगञ्ज : प्रधानमन्त्री केपी शर्मा वलीले गरेको संसद बिघटन बिरूद्व जनता समाजवादी पार्टी बाँकेले प्रदर्शन गरेको छ । पार्टी बाँकेले बुधबार वि पी चोक देखि त्रिभुवन चोक हुंदै जिल्ला प्रशासन कार्यालयको अगाडि प्रदर्शन गर्दै संसद बिघटनको बिरोध गरेको हो ।
जनता समाजवादी पार्टी नेपाल बाँकेका अध्यक्ष लक्ष्मी नारायण बर्माको नेतृत्वमा भएको प्रदर्शनमा जिल्लास्तरीय नेताहरूको सहभागिता रहेको थियो ।
प्रदर्शनका क्रममा कम्युनिस्ट पार्टीले बहुमतको दम्भ देखाउँदै गर्दै आएको कार्यबिरूद्व नाराबाजी गरिएको थियो । यही माघ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सांसद विघटन गरेका थिए ।