नरैनापुरमा निषेधासँगै सेना परिचालन

११ जेष्ठ २०७७, आईतवार १८:३०
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा निषेधाज्ञा जारी गर्दै नेपाली सेना परिचालन गरिएको छ । आइतवार राती ८ बजेबाट लागु हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार सेनानीको कमाण्डमा सैनिक टोली परिचालन गरिएको भैरवनाथ गणका गणपति प्रमुख सेनानी नहकुल थापाले जानकारी दिए । जिल्ला सुरक्षा समितिले नरैनापुरमा विशेषज्ञ चिकित्सकसहित थप स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार कोरोना संक्रमण फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र कायम गरिएको छ । नरैनापुरमा एकजना मृतक सहित ११४ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो समय कोरोना संक्रमितलाई आईसोलेशनमा लैजाने क्रममा अवरोध हुने र भगाउने कार्य हुन थालेपछि सेना परिचालन गरिएको हो । नरैनापुरमा सुरक्षामा खटिएका एकजना प्रहरी जवानमा समेत संक्रमण देखिएको छ ।

Next Post

सुरक्षाकर्मी र सञ्चारकर्मीलाई पूर्व मन्त्री राईले स्वास्थ्य सामाग्री उपलब्ध गराए

११ जेष्ठ २०७७, आईतवार १८:३०
सदरलाइनडटकम, नेपालगञ्ज  : पुर्वमन्त्री मोहम्मद इस्तियाक राईले बाँकेका कोबिड–१९ बिरुद्धको अभियानका फ्रन्टलाईनमा खटिने जनशक्तिलाई एन–९५ मास्क, गुणस्तरिय सेनिटाइजर र ग्लोब्स बितरण उपलब्ध गराएका छन् । बाँके निर्बाचन क्षेत्र नं. २ बाट संघिय सभामा निर्वाचित जनप्रतिनिधि तथा पूर्व मन्त्री राईले पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्या एक्कासी बृद्धि भएपछि जिल्लामा कोरोना […]